मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मृगौला पीडित जलजलाको लागि कोरियाबाट सहयोग

मङ्गलबार, ०६ चैत २०७४, १३ : ११
मङ्गलबार, ०६ चैत २०७४

काठमाडाै-मृगौला पीडित गायिका जलजला परियार आर्थिक सहयोगका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । बिगत एक दशकदेखि कोरियामा रहेका गोर्खाका  बिनोद परियारको सकृयतामा राहत रकम संकलन गरिएको थियो ।

दुबै मृगौला फेल भइ उपचार गराइरहेकी गायिका परियारलाई सहयोगका लागि  संकलित रकम  हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको परियारको परिवारले सहयोगको अपिल गरेको थियो ।  मृगौला पिडीत परियारको अवस्था सुनेर आर्थिक संकलन अभियान सञ्चालन गरेको कोरियामा रहेका विनोदले सुनाए ।

एक साताभन्दा बढि सहयोग अभियान संचालन गरि कोरियामा रहेका नेपालीहरुबाट ९० हजार रुपैया संकलन भएको उनले वताए ।  संकलित रकममा १० हजार रुपैया थप गरि हस्तान्तरण गरिएको उनले वताए । संकलित रकम शान्ति तामाङ मार्फत जलजलाको दिदी बिन्दु परियारलाई सुम्पिएको छ ।

मृगौला पिडीत परियार उपचारका क्रममा दिल्लीमा छन् । अर्घाखाँची भुमिकास्थान २ की २१ बर्षिया परियार नेपाली तारा सिजन ३ को उत्कृष्ट चारमा पर्न सफल भएकी थिइन्  । परियार भारतको कलकत्तामा शास्त्रीय संगीत बिषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप