बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीमानको कुुटाईबाट श्रीमतीको मृत्युु

मङ्गलबार, ०६ चैत २०७४, १२ : २५
मङ्गलबार, ०६ चैत २०७४

सञ्जय मिश्रा, रौतहट– रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ का बिजय साह सोनारको कुुटाईबाट उनकी श्रीमती राजकुमारी देवीको मृत्युु भएको छ । सोमवार राती साह र श्रीमती ३५ बर्षिया राजकुुमारी देवीबिच झगडा भएको थियो ।
झगडाको क्रममा अभियुुक्तको कुुटाईबाट मृत्युु भएकी राजकुुमारीलाई मंगलबार बिहान लालबकैया किनारमा जलाउन लगेका थिए ।
बिषेश सुुचनाका आधारमा उक्त स्थानमा ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले जलाउन लागेको मृतकको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
मृतकको घाँटीमा निलो डाम रहेकाले घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीले जलाउन लागिएको स्थानबाट शवसँगै २ बोतल पेट्रोल र ५ किलो चिनी पनि बरामद गरेको छ । 
घटनाबारे अनुसन्धान गर्न प्रहरीले मृतकका भाई राजकिशोर साह, कटहरिया ५ का भन्टुु साह,भान्जा पर्ने कटहरिया ५ का रामबालक साह र सुुरेश साह लाई पनि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप