शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनयमा फर्किँदै गुलशनकी बुहारी, रियललाइमा पनि उत्तिकै हट

मङ्गलबार, ०६ चैत २०७४, १२ : १८
मङ्गलबार, ०६ चैत २०७४

मुम्बई –अभिनेता गुलशन कुमारकी बुहारी दिब्या खोलसा अभिनयमा कमब्याक गर्ने भएकी छन् । समाचार अनुसार  उनलाई केही अभिनय अफर मिलिरहेको छ । उनी अहिले स्क्रिप अध्यायनमा ब्यस्त रहेकी छन् ।
दिब्याले आफ्नै निर्देशनमा बनेको चलचित्र ‘सनम रे’मा आइटम डान्स गरेकी थिइन् । रियल लाइफको कुरा गर्ने हो भने पनि दिब्या निकै ग्ल्यामरस छिन् ।
उनी सामाजिक संजालमा पनि सक्रिय रहन्छिन् । उनले इस्टाग्राममा कयौ गर्जियस तस्बिर समेत शेयर गरेकी छन् । 

दिब्याले अभिनयमा डेब्यु २००४को चलचित्र ‘अब तुम्हारे हवाले वतन साथियो’ मार्फत गरेकी थिइन् । चलचित्रमा उनी अक्षयको अपोजिट भुमिकामा थिइन् । तर चलचित्र सफल भएन । चलचित्र छायाँकनको क्रममा भुषाण कुमार र दिब्याको भेट भएको थियो । त्यही सिलसिलामा उनको भुषणसँग प्रेम बस्यो । २००५मा उनीहरुले बिबाह गरेका थिए । 

म्युजिक भिडियोबाट उनले अभिनय सुरुवात गरेकी थिइन् । उनको डेब्यु म्युजिक भिडियो २०००मा फाल्गुनी पाठकको ‘अइयो रामा हाथ से ये दिल खो गया’ रहेको थियो । यसपछि उनी २००३मा ‘जिद ना करो ये दिल दा मामला है’मा समेत देखिएकी थिइन् । यसमा उनको अपोजितमा सलमान रहेका थिए । केही म्युजिक भिडियो समेत अभिनय गरेकी उनी २०१४ मा ‘यारिया’ निर्देशन गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप