बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कसको कारण दोधारमा मरिश्का  ?

मङ्गलबार, ०६ चैत २०७४, ११ : ५८
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौं – तरकारीवाली कुसुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’को दोश्रो गीत ‘दोधारमा परे म’को रिलिज भएको छ । दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईको शब्द रहेको यो गीतमा भने कुसुम श्रेष्ठ देखिएकी छैनन् । 
नयाँ बर्षको २८ गते रिलिज हुने चलचित्र ‘लम्फू’को यो गीतमा नायिका मरिश्का पोखरेल देखिएकी छन् । उनलाई नव अभिनेता नवनायक कबिर खड्काले साथ दिएका छन् । 
शिव विकको नृत्य रहेको गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको देखाइएको छ । 
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कुसुमका अलवा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । 
एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथामा बनेको यो चलचित्र पपुलर मल्टिमीडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप