बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व मुख स्वास्थ्य दिवस : जान्नुहोस् मुख स्वास्थ्यसम्बन्धी केही तथ्य

मङ्गलबार, ०६ चैत २०७४, ११ : ४०
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौँ – आज मार्च २० अर्थात चैत ६ गते अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस ।

दिवसको अवसरमा मुख स्वास्थ्यको सवालमा काम गरिँदै आएको विभिन्न सङ्घ संस्थाहरूले कार्यक्रम जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

यता मुख स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका डाक्टर बुद्धिमान श्रेष्ठले पनि मुख स्वास्थ्यलाई नागरिक मात्रै होइन सरकारले पनि मुख स्वास्थ्यलाई बेवास्ता  गरेको बताए ।
मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्गलाई बुझिन्छ ।

सरकारले अन्य रोगको उपचारमा निःशुल्क, सहुलियत अनि मासिक भत्ताको पनि व्यवस्था गरेको छ तर मुख स्वास्थ्यको बारेमा भने जनचेतना जगाउने काम पनि नभएको डाक्टर श्रेष्ठले बताए ।
 मुख स्वास्थ्यअन्तर्गत नै पर्ने महत्वपूर्ण अङ्ग दाँतको पछिल्लो समयको हकमा धेरै डेन्टल र अस्पताहरू पनि सञ्चालनमा आइरहेका छन् ।

कान्तिपुर डेन्टल अस्पताल तथा कान्तिपुर डेन्टल कलेजका सञ्चालक डाक्टर श्रेष्ठ भन्छन्, पछिल्लो समयमा दाँत परीक्षण गराउनुपर्छ भन्ने कुराको ज्ञान हुने नागरिकको सङ्ख्या केही मात्रमा बढी रहेको छ ।


लामो समयदेखि डेन्टल सेवा सञ्चालन गरिँदै आएको यस अस्पतालमा सेवा लिनेको तथ्याङ्क हेर्ने हो भने पनि १० हजार नयाँ बिरामी बढिरहेका छन् । वि.सं. २०५४ सालदेखि सेवा दिएको यस अस्पतालमा दाँत परीक्षण गराउनुपर्छ भन्ने बारे ज्ञान नेपालमा भन्दा विदेश जानेहरूलाई बढिरहेका छ । डा. श्रेष्ठ भन्छन्, अन्य देशमा दाँतको उपचार धेरै महँगो भएका कारण नेपाल आएको समयमा एक पटक दाँत परीक्षण गराउने उनीहरूको उद्देश्य नै रहेको हुन्छ ।’ नेपालको हकमा भन्ने हो भने निकै कमले मात्रै नियमित दाँत परीक्षण गराउने गरेका छन् ।  

हामीलाई अस्पताल प्रशासनले उपलब्ध गराएको तथ्याङ्क हेर्ने हो भने आ.व. २०७२÷७३ मा फ्रिक्याम्पसहित ८६ हजार ४ सय ४८ जनाले दन्त परीक्षण गराएका थिए ।  

आ.ब २०७३÷७४  को यो मिति सम्ममा ४७ हजार २ सय १० ले दन्त परीक्षण गरेको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये महिलाको सङ्ख्या बढीे छ ।

डाक्टर श्रेष्ठ भन्छन्, मुख स्वास्थ्य नभई मानिस स्वास्थ्य हुन सक्दैन । शरीरको मुख्य पाटो नै मुख भएका कारण मुख स्वस्थ्य राख्नको निकै जरुरी रहेको छ ।’  

शिक्षित व्यक्तिले पनि दाँत परीक्षण गराउँदैनन्
नेपालको दाँत स्वास्थ्यको बारेमा कुरा गरिरहँदा डा. श्रेष्ठ भन्छन्, दाँत परीक्षण नगराउनेमा सबै प्रकारका व्यक्तिहरू पर्छन् । नेपालमा शिक्षित व्यक्तिले पनि दाँत परीक्षण नगराउने गरेको उनले बताए । भन्छन्, जब समस्या पर्छ अनि मात्रै अस्पताल आउँछन्, समस्या नआई दाँत परीक्षण गर्न आउनेको सङ्ख्या निकै कम रहेको छ ।’

मुख स्वास्थ्यमा सरकारले बेवास्ता गर्यो
नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय राम्रो काम गर्दै आएको डा. श्रेष्ठ बताउँछन् तर मुख स्वास्थ्यको विषयलाई भने खासै चासो नदिएको प्रति उनको गुनासो रहेको छ ।
श्रेष्ठ भन्छन्, जटिल रोगका बिरामीलाई मासिक भत्ताको व्यवस्थादेखि उपचारमा सहुलियत लगायतका सेवासुविधा सरकारले दिएको छ । तर मुख स्वास्थ्यको सवालमा सामान्य जानकारीसम्म पनि नागरिक समक्ष पुर्याउन सकेको छैन् ।’

नेपाल सरकार स्वास्थ्य मन्त्रालय ओरल हेल्थ फोकल प्वाइन्ट भए पनि काम बाहिर नआएको श्रेष्ठ बताउँछन् । यसै कुराकानीमा उनी थप्छन्, सरकारका तर्फबाट नै सबै काम हुनुपर्छ भन्ने छैन । नेपालभरी १४ वटा मुख स्वास्थ्य तथा डेन्टल कलेजहरू रहेका छन् । कलेका विद्यार्थीलाई प्रयोग गर्ने हो भने पनि डेन्टल र मुख स्वास्थ्यको बारेमा धेरै नागरिकलाई जानकारी गराउन सकिने उनको अनुमान छ ।

अहिले नेपालभरी धरान, वीरगन्ज, पोखरा, भैरहवा, चितवनलगायत १४ वटा कलेजमा पढाइ हुँदै आइरहेको छ । श्रेष्ठ भन्छन्, डेन्टल कलेजहरूसँग सहकार्य गरेर काम गर्न सकेको खण्डमा मुख स्वास्थ्यको क्षेत्रमा पनि सफलता प्राप्त धेरै समय लाग्ने छैन ।’


 

सरकारको भनाइ
यता नेपाल सरकार स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डाक्टर श्री कृष्ण गिरीलाई मुख स्वास्थ्यको क्षेत्रलाई सरकारले न्याय गर्न नसकेको हो भनेर प्रश्न गरेका थियौँ ।  डा. गिरीले पनि नेपाल अन्य स्वास्थ्य सेवामा जरी मुख स्वास्थ्य क्षेत्रमा चासो नदेखाएको स्वीकारेका छन् ।

 डा. गिरी पनि अब बन्ने स्थानीय निकायले मुख स्वास्थ्यलाई अन्य स्वास्थ्य जसरीनै प्राथमिकता दिनुपर्ने दिने आशमा रहेका छन् ।  

रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘अबको स्थानीय सरकारले अहिले भन्दा धेरै स्वास्थ्य  क्षेत्रको विषयलाई समेट्ने छ । स्थानीय निकाय नै सरकार भएका कारण आफ्नो क्षेत्रमा स्वास्थ्यमा कस्तो समस्या रहेको छ भन्नेबारे आफैले अध्ययन गरेर, नीति नियम बनाए काम गर्न सक्नेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप