मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सडक डिभिजनको स्काभेटरमा आगजनी

मङ्गलबार, ०६ चैत २०७४, ११ : २७
मङ्गलबार, ०६ चैत २०७४

रौतहट– रौतहटको गरुडा नगरपालिका–५ स्थित डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काभेटरमा  आगजनी भएको छ । 

झाँझपुल कटहरिया सडकखण्ड संगै महमदपुर लक्षमीपुरको बिचमा सोमवार राती अज्ञात समुहले पेट्रोल छर्केर आगजनी  गरेको हो । आललागी बाट स्काभेटरको अधिकांस भाग जलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले जानकारी दिए । 

प्रहरीले आगलागीको घटनामा संलग्न रहेको आशंकामा लक्ष्मीपुरका २ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे आवशयक अनुुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैबीच सडक डिभिजन कार्यालय रौतहटका प्रमुख सुुमन योगेशले घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरमा ल्याउन माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप