बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता व्यक्तिमा बढी देखिन्छ दाँतको समस्या

मङ्गलबार, ०६ चैत २०७४, ११ : १४
मङ्गलबार, ०६ चैत २०७४

डा. सृष्टी शाह
 

दाँतको समस्या नहुने व्यक्ति निकै कम होलान् ।

बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहको नागरिकमा यो समस्या देखिने गरेको छ ।

कान्तिपुर डेन्टल अस्पतालमा मासिक १२ देखि १३ सयले दन्त परीक्षण गराउने गरेका छन् ।

जसमध्ये ५ सय त बालबालिका नै हुन्छन् ।

अस्पतालकी डाक्टर सृष्टी शाहका अनुसार उपचारमा आउनेमध्ये अधिकांश दाँत किराले खाएर रातभर सुत्न सकिनँ भन्ने समस्या बोकेर आउने धेरै रहेका छन् ।
डा. सृष्टी भन्छिन्, ‘दाँत स्वास्थ्य राख्नका लागि बाल्यकालदेखि नै बालबालिकालाई सिकाउनुपर्ने हुन्छ । अविभावक, विद्यालयमा पनि दन्त स्वास्थ्यको बारेमा शिक्षा दिनुपर्ने हुन्छ ।’

बालबालिकाको दाँत स्वास्थ्य राख्न यसो गर्नुस्
अविभावकलाई बालबालिका भुल्याउनका लागि बढी मात्रमा चकलेट प्रयोग गरिन्छ  । चकलेटले खाने बालबालिकामा बढी मात्रमा दाँत किराले खाने समस्या देखिएको डा. सृष्टी शाह बताउँछिन् ।
‘चकलेट दिएपछि बालबालिका भुलिन्छन् तर गुलियोका कारण दाँतमा समस्या हुन्छ ।’ उनले भनिन्, ‘यसैले अविभावकले आफ्नो बालबालिकालाई चकलेट नदिएकै राम्रो ।’

डा. शाह भन्छिन्, ‘तपाईं आफ्नो बालबालिकाको दाँत स्वास्थ्य राख्न चाहानुहुन्छ भने सकेसम्म चकलेट, गुलियो खानेकुरा खान कम गर्नुपर्ने हुन्छ । यदि यस्ता खानेकुरा खाएको खण्डमा मुख कुल्ला गर्ने सकिन्छ भने ब्रस गर्ने ।’

खाना खानुअघि भन्दा पनि खाना खाएपछि ब्रस गर्नु मुख स्वास्थ्यका लागि राम्रो हो । खाना खाएपछि दाँतमा अड्केको खानाको टुक्राहरू ब्रसले निकाल्ने काम गर्छ । हामी नेपाली ब्रस गर्दा अगाडिको दाँतमा मात्रै ब्रस गर्ने गरेका छन् । ब्रसिङ गर्दा ब्रसले सबैतिर सफा गर्नुपर्ने हुन्छ । दाँतलाई पनि अन्य स्वास्थ्य समस्यालाई जस्तै महत्व दिनुस् अनि ६, ६ महिनामा दन्त परीक्षण गराउँदा राम्रो ।

धूमपान गर्नेमा बढी समस्या
धूमपान सेवन गर्ने व्यक्तिलाई अन्य रोगसँगै दाँतको समस्या बढी मात्रमा देखिन्छ । डाक्टर सृष्टीको भनाइअनुसार धूमपान प्रयोग गर्ने व्यक्तिको व्यक्तिको गिजा कालो हुने, गिजा प्वाँल पर्ने, गिजा सारो हुनेजस्ता समस्या देखिन्छ ।

धूमपान गर्ने व्यक्तिमा दाँतमा मात्रै होइन मुखको सम्पूर्ण भागमा नै समस्या देखिने सम्भावना हुन्छ । धुवाँले गर्दा धूमपान गर्ने व्यक्तिको मुखको तालुको माथिल्लो भाग फुलिने, पोल्ने समस्या हुन्छ ।

धूमपान दाँतको मात्रै होइन मानव स्वास्थ्यको लागि नै हानिकारक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप