शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिलिका सिमेन्ट एडमिक्चर बजारिकरणको १०औं बार्षिकोत्सब सम्पन्न

मङ्गलबार, ०६ चैत २०७४, ११ : ००
मङ्गलबार, ०६ चैत २०७४


काठमाडौं–दक्षिण एसिया तथा मध्यपूर्वका लागि सिलिका सिमेन्ट एडमिक्चरको आधिकारीक बिक्रेता मरुन टेडिंगले आप्mनो स्थापना तथा सिलिका सिमेन्ट एडमिक्चरको बजारिकरणको १०औं बार्षिकोत्सब समारोह काठमाण्डौंमा सम्पन्न गरेको छ ।
 मुलुकका अग्रणी सिभिल ईञ्जिनियर, आकिटेक्ट, निमार्ण ब्यबसायिहरु सम्मिलित उक्त समारोहलाई सहभागीहरुले निमार्णको बलियो आधारको दशक उत्सवका रुपमा परिभाषित गरे । 

कार्यक्रमाका प्रमुख अतिथी, नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले यस्तो जनस्तरमा आधारित व्यबसायिक कार्यक्रमले दुई देश बिचको आपसी भाईचारा र सम्बन्धलाई थप सुदृढ तथा प्रगाढ बनाउने बताए । 
 साथै जापानिज आबिष्कार र उत्पादन प्रति नेपाली निर्माण जगतले गरेको अगाध बिश्वास र भरोषाको लागि धन्यबाद दिँदै राजदुत ओगावाले आगामी दिनहरुमा पनि जापान सरकार तथा निजी क्षेत्रले नेपालको पूर्वाधार बिकासमा अग्रणी भुमिका खेल्दै जाने बताए । 

राजधानि काठमाण्डौंको होटल ¥याडिसनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शहरी बिकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपाल र जापानको भौगोलिक अबस्था अनुसार भुकम्प लगायतका प्रकृतिक प्रकोपको जोखिममा समानता रहेकोले सिलिका सिमेन्ट एडमिक्चर जस्ता अत्याधुनिक जापानिज आबिष्कारहरुले जोखिम न्युनिकरण लगायत क्षति कम गर्न सहयोग हुने बताए ।

सिलिका सिमेन्ट एडमिक्चरलाई जापानि सरकारको भुमि, पूर्वाधार तथा यातायात मन्त्रालयद्धारा स्वीकृत तथा प्रमाणित गरिएको कुरालाई उदृत गर्दै कम्पनिले निमार्ण जगत्का लागि अझ बलियो र गुणस्तरीय सामाग्रीहरुको अन्बेषण र आबिष्कारमा लागि परेको कुरा सिलिका जापान इनकर्पोरेशनका प्रबन्ध निर्देशक साशाकी मासाहिरोले बताए । 

त्यसैगरी कार्यक्रममा सिलिका सिमेन्ट एडमिक्चरका उत्पादन प्रक्रिया लगायत यसका फाईदाहरु माथि प्रकाश पार्दै सिलिका सिमेन्ट एडमिक्चरमा मिसाईने सिमेन्ट तौल अनुसार उचित मात्राको मिक्चरले निर्माणित पुर्वाधारमा पानि लिक हुने, चुहिने तथा अन्य बातावरणिय प्रधावका कारण क्षयिकरण नहुने कुरा सिलिका जापान इनकर्पोरेशनका परामर्शदाता सेईगो सातोले बताए । 

कार्यक्रमका आयोजक तथा दक्षिण एसिया तथा मध्यपुर्व देशहरुका लागि सिलिका सिमेन्ट एडमिक्चरको आधिकारीक बिक्रेता मरुन टेडिंग प्रा.लि.का प्रबन्ध निर्देशक मुक्ति शर्माले सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै नेपालको पूर्वाधार बिकासलाई अझ दरिलो र भरपर्दो बनाउने लक्षका साथ स्थापित कम्पनिले निर्माण जगत्मा अझ नबिनतम आबिष्कारहरुलाई मुलुकमा भित्राउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप