बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पराजुलीविरुद्ध जाहेरी दर्ता भएको छैन : प्रहरी

मङ्गलबार, ०६ चैत २०७४, १० : १६
मङ्गलबार, ०६ चैत २०७४

काठमाडौँ । काठमाडौँ प्रहरीले निवर्तमान प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीविरुद्ध कुनै पनि जाहेरी दरखास्त दर्ता नभएको जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले विज्ञप्ति जारी गर्दै विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

केही सञ्चारमाध्यमले निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी परेको समाचार प्रकाशित गरेको थियो ।

पत्रकार मदनबाबु भण्डारीले शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरी हदैसम्म कारवाही गर्न माग गरेको भन्दै सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो ।

तर, महानगरीय प्रहरी परिसरले भने उक्त समाचारमा कुनै सत्यता नभएको र जाहेरी दरखास्त दर्ता नभएको स्पष्ट पारेको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप