कपिलबस्तुमा दुर्घटनाः नौ जना घाईते, दुई चालकको अवस्था गम्भीर
कपिलवस्तु कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ कुन्दे्र खोला नजिक महेन्द्र राजमार्गमा आज बिहान बस र ट्रक आपसमा ठक्कर खाँदा नौ जना घाईते भएका छन् ।
पुर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ६३५४ नं. को बस र बिपरीत दिशाबाट आईरहेको ना ५ ख ९०१२ नं.को ट्रक तीव्र गतिका कारण आपसमा ठक्कर खाँदा दुवै गाडीमा गरी नौ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
दुर्घटनामा बस चालक चितवनका ३४ वर्षीय सुर्य रिमाल र ट्रक चालक दाङ गडवा गाउँपालिका–२ का २८ वर्षिय सुन कुमार चौधरी गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका दुवैको अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । अन्य घाइतको सामुदायीक अस्पताल जितपुर तथा स्थानीय क्लिनिकहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बस र ट्रक ठोक्किँदा दुबै गाडीको अगाडीको भागमा ठूलो क्षति पुगेको छ । दुवै गाडी प्रहरीको नियन्त्रणमा छ ।