शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागूपदार्थ दुर्व्यसनीले युवा ग्रसित

मङ्गलबार, ०६ चैत २०७४, ०९ : २८
मङ्गलबार, ०६ चैत २०७४

अर्घाखाँची - पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले लागूपदार्थ दुव्र्यसनीले दिनदिनै युवा ग्रसित बन्दै गएको बताएका छन् । 

लागूपदार्थ दुव्र्यसनीले व्यक्ति, समाज र राष्ट्रलाई हित नगर्ने भन्दै उनले  युवा लागूपदार्थ दुव्र्यसनीमा फस्नु ठूलो समस्या भएकाले लागूपदार्थ सेवन तथा ओसारपसार नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

गृह मन्त्रालय, लागूऔषध नियन्त्रण कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा यहाँ आयोजित लागूऔषध नियन्त्रणसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले लागूऔषधबाहेक चेलीबेटी बेचबिखन पनी मुख्य समस्या भएको बताए । 

जिल्ला समन्वय समितिका सभापति पिताम्बर भुसालले लागूपदार्थको दुव्र्यसनीका कारण ऊर्जाशील युवाको जत्था अँध्यारोतिर उन्मुख भएको र नेपाली धर्म र परम्पराले पनि लागूपदार्थ सेवनलाई प्रश्रय दिईरहेको बताए । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले अर्घाखाँचीमा अफिमजन्य लागूपदार्थका दुव्र्यसनी नभएको तर गाँजा, भाङ, धतुरो सेवन गर्नेको संख्या अत्यधिक छ भन्दै प्रहरीको एक्लो प्रयासले मात्र केही नहुने भएकाले सबै क्षेत्रबाट सक्रीय सहयोग हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप