शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग मन्त्री मात्रिका यादव अचानक दिल्लीमा, भेटे भारतीय विदेश मन्त्री

सोमबार, ०५ चैत २०७४, २१ : ३९
सोमबार, ०५ चैत २०७४


काठमाडौं-उद्योग मन्त्री आज अचानक दिल्ली पुगेका छन् ।

दिल्लीमा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन् । 

विदेश मन्त्रालयका प्रवत्ता रवीशकुमारले मन्त्री यादव र स्वराजवीच व्यापार र विकासमा आपसीहितका विषयमा कुराकानी भएको जनाएका छन् । 

मन्त्री यादव के कार्यक्रमका लागि दिल्ली गएका हुन भन्ने खुलेको छैन् ।

केपी ओली नेतृत्वको सरकारलाई चिनियाँ निकट भनेर अन्तराष्ट्रिय संचारमाध्यले समाचार दिने गरेका छन् ।

यस अघि ओली प्रधानमन्त्री नहुँदै स्वराज भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेपाल आएकी थिइन् ।

सो क्रममा उनले ओलीसहितका शीर्ष नेतासँग भेट गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप