बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलमा क्रिकेट टोलीको भव्य स्वागत

सोमबार, ०५ चैत २०७४, १९ : ५५
सोमबार, ०५ चैत २०७४

काठमाडौं–नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता दिलाएर घर फर्केका नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरीएको हो । क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गरेका हुन् ।

खेलाडीलाई स्वागत गर्न सयौँ समर्थकहरु विमानस्थल पुगेका थिए । उनीहरुले क्रिकेट टिमको प्रसंसा गर्दै नाराबाजी समेत गरे । आईसीसी छनौटको समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो । अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो । टोली जिम्माबेको हरारेबाट युएई हुँदै काठमाडौ आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप