शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मरुनले मनायो १० औं वार्षिकोत्सव

सोमबार, ०५ चैत २०७४, १९ : ३७
सोमबार, ०५ चैत २०७४

काठमाडौं– दक्षिण एसिया तथा मध्यपूर्वका लागि सिलिका सिमेन्ट एडमिक्चरको आधिकारिक बिक्रेता मरुन ट्रेडिंग प्रा.लि.ले बजारिकरणको १०औं बार्षिकोत्सब सम्पन्न गरेको छ । वार्षिकोत्सवमा मुलुकका अग्रणी सिभिल इञ्जिनियर, आकिटेक्ट, निमार्ण व्यावसायीहरुले सिलिकाले निमार्णको बलियो आधारको दशक उत्सव मनाएको दाबी गरे ।

कार्यक्रमाका प्रमुख अथिति नेपालका लागि जापानी राजदुत मासाशी ओगावाले यो खालको कार्यक्रममले दुई देश बीचको आपसी भाईचारा र सम्ब्न्धलाई थप सुदृढ तथा प्रगाड बनाउने कुरा बताए । त्यस्तै शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपाल र जापानको भौगोलिक अबस्थाअनुसार भूकम्प लगायतका प्रकृतिक प्रकोपको जोखिममा समानता रहेकोले सिलिका सिमेन्ट एडमिक्चर जस्ता अत्याधुनिक जापानिज आबिष्कारहरुले जोखिम न्युनिकरण लगायत क्षति कम गर्न सहयोग हुने कुरा बताए । 

सिलिका सिमेन्ट एडमिक्चरलाई जापानि सरकारको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयद्धारा स्वीकृत तथा प्रमाणित गरिएको कुरालाई उदृत गर्दै कम्पनीले निर्माण जगतका लागि अझ बलियो र गुणस्तरीय सामाग्रीहरुको अन्वेषण र आबिष्कारमा लागि परेको सिलिका जापान इनकर्पोरेशनका प्रबन्ध निर्देशक साशाकी मासाहिरोले दाबी गरे ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप