शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा झण्डै ३ सय विद्यार्थी एसईइबाट बञ्चित

सोमबार, ०५ चैत २०७४, १९ : ०६
सोमबार, ०५ चैत २०७४

सुर्खेत– यस वर्षको एसईइ परीक्षामा सुर्खेतका झण्डै ३ सय विद्यार्थी सामेल हुन नपाउने भएका छन् । चैत ८ गतेबाट सञ्चालन हुन लागेको कक्षा १० को एसईइ परीक्षामा जिल्लाका २ सय ८० जना विद्यार्थी परीक्षामा सामेल हुन नपाउने जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले जानकारी दिए । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र केही विद्यार्थीले राजश्व समेत नबुझाएका कारण परीक्षा दिन नपाउने भएका हुन् । 

जिल्लामा ३० विद्यालयका विद्यार्थीहरुले नियमित तर्फ ७ हजार १ सय ७४ जना विद्यार्थी सहभागी हुने र एक्जाम्टेड तर्फ ८ सय १८ जना गरी जम्मा सात हजार ९ सय ९२ जना विद्यार्थीले परीक्षामा सहभागि हुने जनाईएको छ । 
२०७३ सालमा नियमित तर्फ ६ हजार ९ सय ४५, एक्जाम्टेड तर्फ दुई सय ७८ र ग्रेडबृद्धिमा उन्नाइस सय ७ जना विद्यार्थी गरी जम्मा नौ हजार १ सय ३० विद्यार्थीले एसइइ परीक्षा दिएका थिए ।
परीक्षाको आचार संहिता जारी
जिल्ला शिक्षा कार्यालय सुर्खेतले माध्यमिक शिक्षा परीक्षा एसईइका सरोकारवालाहरुका लागि पालना गर्नुपर्ने ३७ बुंदे आचार सहिंता जारी गरेको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले जिल्लाका ३० वटा विद्यालयका केन्द्राध्यक्षहरुलाई आचारसहिंताका बारेमा जानकारी दिएको हो ।

कार्यालयले माध्यमिक शिक्षा परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सुसम्पन्न गर्न शिक्षा ऐन, २०२८ (संशोधनसहित), शिक्षा नियमावली २०५९(संशोधनसहित), एसइइ परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधनसहित) लगायत अन्य प्रचलित नियम, ऐन–कानुन, नितिगत, व्यवस्था एवम निर्देशनहरुको अनिवार्य रुपमा पालना गर्ने गराउने सन्दर्भमा परीक्षासँग सम्बन्धित सवै सरोकारवालाहरुका निमित्त लागु हुने गरी सो आचार संहिता जारी गरेको हो ।

त्यस्तै जिल्ला परीक्षा समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, सदस्य तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जिल्लामा एसइइ परीक्षालाई मर्या्दित, व्यवस्थित, अनुशासित र शान्त वातावरणमा सम्पन्न गर्न सवै लागि पर्न समेत आग्रह गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप