शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारदेखि बन्द भएको विमानस्थलको आयात–निर्यात कार्य सुचारु

सोमबार, ०५ चैत २०७४, १८ : ४७
सोमबार, ०५ चैत २०७४

काठमान्डौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबारदेखि बन्द भएको आयात निर्यात कार्य सोमबारदेखि पुनः शुरु  भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग नेपाल चेम्बर अफ कमर्शको उच्चस्तरीय प्रतिनिधिमण्डलले भेटवार्ता गरी प्रबन्ध शुल्क तिरेर आयात निर्यात गर्न आफूहरु तयार रहेको बताएको हो ।

मन्त्री अधिकारीको आग्रहबमोजिम व्यावसायीले कानुनबमोजिम प्रबन्ध शुल्क तिर्ने र सहज रुपमा आयात निर्यात गर्ने बताएका हुन् । चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बर कार्य समिति सदस्य एवम् भन्सार सभापति निरज राई, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे, नेपाल भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष विष्णुमणि खनाललगायतको प्रतिनिमण्डलसँग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास दिलाए  ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट सञ्चालित हवाई कार्गोको प्रबन्ध शुल्क बृद्धि गरिएकामा व्यवसायीले विरोध गर्दै आएका थिए ।

 नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले यही चैत १ गतेदेखि लागू हुने गरी प्रबन्ध शुल्क बृद्धि गरेको थियो । शुल्क बृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा समेत दूरगामी नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाई गम्भीर असर पर्ने व्यवसायीको भनाइ रहेको चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजिमयले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप