बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बिजुलीको बिल स्मार्ट सिस्टमबाट तिर्ने व्यवस्था जरुरीः घिसिङ

सोमबार, ०५ चैत २०७४, १८ : ३५
सोमबार, ०५ चैत २०७४

काठमाडौं– नेपाल विद्युत प्राधिरकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब बिजुलीको बिल स्मार्ट सिस्टमबाट तिर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । उर्जामन्त्री वर्षमान पुनलाई स्वागत तथा ब्रिफिङ्ग कार्यक्रममा उनले विद्युत प्राधिकरण प्रविधिमैत्री बन्न नसक्नुनै घाटाको पहिलो कारण भएकोले स्मार्ट सिस्टम शुरु गर्नुपर्ने बताए । 

मिटर रिडिङ्गको लागि धेरैजना कर्मचारी तलब खुवाएर राख्नुपर्ने र उनीहरुले रीडिङ्ग गरेको विलमा समेत कैफियत हुने भएकोले तुरुन्त नेपाल टेलिकमजस्तै प्रविधिमैत्री भुक्तानी प्रणाली बनाउनुपर्ने उनको भनाई थियो ।

उनले विद्युत महसुल दर लामो समयदेखि समायोजन हुन नसकेकोले समायोजन गर्नुपर्ने, प्राधिकरणले लिएको बैदेशिक श्रोतको ऋणको ब्याज घटाउनुपर्ने, प्राधिकरणमा जनशक्ति अभाव भएकोले जनशक्ति व्यवस्थापन गर्नुपर्ने र प्राधिकरणलाई सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको बताए । 

यी समस्या समाधान गरीयो भने विद्युत प्राधिकरणमा टेलिकममा जस्तै २५ प्रतिशत जनताको सेयर लगानी गर्न सकिने उनको भनाई छ । प्राधिकरणले २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिन सक्ने प्रावधान राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप