बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राउण्ड टेबल नेपालको बृहत रक्तदान कार्यक्रम सम्पन्न

सोमबार, ०५ चैत २०७४, १८ : ०१
सोमबार, ०५ चैत २०७४

काठमाडौं– राउण्ड टेबल नेपालले राउण्ड नेपाल ईन्टरनेशनल फाउण्डेशन दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ८५३ पिन्ट रगत सङ्कलन गरेको छ । जीवन रक्षामा साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न उक्त रक्तदान कार्यक्रम नेपालका ८ ठूला सहरहरुमा आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । 

रक्तदान कार्यक्रमहरु काठमाडौँ, विराटनगर, बीरगञ्ज, धरान, विर्तामोड, भैरहवा, वुटवल र नारायणघाटमा समपन्न भएका थिए ।  रक्तदान कार्यक्रममा विराटनगरमा १५६, धरानमा १०३, बिर्तामोडमा ३४, नारायणघाटमा १४७, काठमाण्डौँमा १८७, वीरगञ्जमा १०० र बुटवलमा ९२ जनाले रक्तदान गरेको आयोजकको दाबी छ ।  संयुक्त अधिराज्यको नर्विचमा १४ मार्च १९२७ मा स्थापना भएको राउण्ड टेबलका  अहिले ३४ हजार सदस्य रहेका छन् भने ती सदस्यहरु ७५ मुलुकमा छरिएर रहेका छन् । 

राउण्ड टेबल नेपाल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय संस्था हो  । यसले आफ्नो स्थापनाकाल देखि विभिन्न सामाजिक सेवामा उल्लेखनिय योगदान पुर्याउँदै आएका छन् ।  राउण्ड टेबलले पिछडिएका बालबालिकाको हितलाई ध्यानमा राखेर यसले राष्ट्रिय योजना सञ्चालन गर्दै आएको छ । 

नेपालमा २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि विभिन्न ६ वटा अन्तर्राष्ट्रिय क्लबहरुसँगको साझेदारीमा “अल ४ नेपाल” नामको निर्माणमुखी योजना चलाउँदै आएको छ । यस  योजना अन्तर्गत १० वटा कक्षाकोठा र ५० वटा अस्थायी लर्निङ्ग सेन्टर तयार गरिने छ । यसमध्ये केही कक्षाकोठाको निर्माण पुरा भैसकेको छ भने केही चाँडै पुरा हुने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप