मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्सको एक होटलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

सोमबार, ०५ चैत २०७४, १७ : ४५
सोमबार, ०५ चैत २०७४

एजेन्सी– फिलिसिन्सको एक होटलमा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको सोमाबार अधिकारीहरुले जानकारी दिएका छन् ।  होटल र त्यहाँभित्र रहेका क्यासिनो परिसरमा भएकोे आगलागी २४ घण्टाभन्दा बढी समयपछि मात्र अग्निनियन्त्रकहरुले नियन्त्रणमा लिएका थिए । 

यस आगलागीमा परी मृत्युहुने सबै क्यासिनोका कर्मचारी रहेका छन् । यस घटनामा घाइते भएका २० व्यक्तिमा प्राय सबैको स्थिति नाजुक रहेको बताइएको बताइएको छ ।सो होटेलमा बसिरहेका करिब ३०० पाहुनालाई सुरक्षितस्थानमा लगिएको थियो । 

होटल र अग्निनियन्त्रणका अधिकारीहरुले सो जानकारी दिएका छन् । सम्बन्धित एक सरकारी अधिकारीकाअनुसार सो होटलमा बसिरहेका पाहुनाहरु सबैजना सुरक्षितस्थानमा पुगेका छन् । यद्यपि अग्निनियन्त्रकहरु सो होटलको सबै भागमा पुग्न भने सकेका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप