शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चामा ‘उही खोलीमा पानी...’ गीत, खुसीयालीमा  काटियो केक

सोमबार, ०५ चैत २०७४, १७ : ३१
सोमबार, ०५ चैत २०७४

काठमाडौं – लोक दोहोरी गीतको क्षेत्रमा वर्षभरीमा हजारौंको संख्यामा गीतहरु उत्पादन भएर बजारमा आउँछन् । त्यसरी बजारमा आएका गीतहरु मध्ये केही गीतहरु मात्रै चर्चामा आउन सफल हुन्छ । 
चर्चामा आएका गीतहरु मध्ये कतिपय छोटो समयको लागि चर्चामा रहन्छन् र हराउँछन् तर केही गीतहरुले यसरी श्रोताको मन मस्तिष्कमा गहिरो छाप छोड्छन् कि लामो समयसम्म ती गीतहरु कालजयी बनेर दर्शक श्रोताको मानस पटलमा ताजा बनेर रहन सफल हुन्छन् । 
अहिले बजारमा त्यस्तै एउटा सुपरहिट गीतले तहल्का मच्चाईरहेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकप्रिय गायक राजन गुरुङ र सुमधुर स्वरकी धनि चर्चित गायीका देवी घर्तीको स्वरमा रहेको कर्णप्रिय गीत ‘उही खोलीमा पानी’ ले अहिले पनि सांगीतीक बजार तताईरहेको छ ।
छोटो समयमै युट्युबमा झण्डै ५४ लाख भ्यू कमाईसकेको छ । अपलोड गरेको समयमा यो गीत ट्रेण्डिङमा पर्न सफल रहेको गायक गुरुङले जानकारी दिए । उनले भने, ‘दैनिक गीतका दर्शकहरु बढ्ने क्रममा छन् ।’
गायक गुरुङ भन्छन्– नेपाली मौलिक लोकगीतले लोकदोहोरी गीतकै इतिहासमा सर्वाधिक दर्शक (५३लाख ) बनाउन सफल भएको छ । 
सो अवसरमा आइतबार लैनचौरस्थित दरबार दोहोरीमा भव्य कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लोकगीत क्षेत्रका सम्पूर्ण गायक÷गायिकालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । 
युट्युबमा ५४ लाख भ्यू पुगेको खुसीयालीमा ‘उहि खोलीमा पानी’ गीत निर्माण टिमले ५ पाउण्डको केक पनि काटेको थियो । कार्यक्रममै गुरुङलाई धेरैले बधाई तथा शुभकामना दिएका थिए । 
त्यस्तै गायक गुरुङले गीतको भिडियोबाट आएको रोयल्टी पनि टिमका सम्पूर्णलाई बाँडेका थिए ।
नयाँ र फरक स्वादको मौलिक लोक दोहोरी गीत ‘उही खोलीमा पानी’ का शब्द संयोजक केशव पौड्याल हुन् भने गीतमा संगीत संयोजन आशिष अविरलको रहेको छ । 
चर्चित संगीतकार वसन्त थापाको लय रहेको गीतको भिडियो निर्देशन लोकप्रिय निर्देशक बब्बु थापाले गरेका छन् । अभिनयमा गायक राजन गुरुङ र संगीतकार वशन्त थापालाई चर्चित मोडलद्वय रश्मी तामाङ र करिष्मा ढकालले साथ दिएका छन । 
करन चैसीरको सिनेम्याटोग्राफी र प्रविन भट्टको भिडियो एडीट रहेको उक्त गीत ब्रर्दश ईन्टरटेन्टमेन्ट कम्पनीबाट बजारमा आएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप