बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युवालाई कृषिमा लाग्न प्रोत्साहित गर्नुपर्छः मन्त्री थापा

सोमबार, ०५ चैत २०७४, १७ : १७
सोमबार, ०५ चैत २०७४

 पोखरा– प्रदेश नम्बर ४ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले युवालाई कृषिमा लाग्न प्रोत्साहित गरिनुपर्नेमा जोड दिएका छन् । यसका लागि आफू सकारात्मक वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता जनाउँदै मन्त्री थापाले भने, ‘अब लाखौं युवा कृषक तयार गर्नुपर्छ र उनीहरुलाई कृषिमा लाग्नको लागि प्रोत्साहन गर्नुपर्छ ।’
मन्त्रालय र विश्व खाद्य कार्यक्रमले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताउँदै  जमिन बाँझो राख्न नपाउने नियम बनाउनुपर्ने समेत बताए । 
‘खाद्य सुरक्षाका लागि उत्पादन बढाउनुपर्छ, त्यसका लागि जमिन बाँझो राख्न नपाउने नियम बनाउनुपर्छ । त्यसलाई प्रभाकारी कार्यान्वयनमा लैजानुपर्ने भन्ने मेरो मत छ’, उनले भने , ‘ अब जग्गा चक्लाबन्दी गर्नुपर्छ ।  दुई सय रोपनी, ५ सय रोपनी, एक हजार रोपनी, २ हजार, ३ हजार, ५ हजार, १० रोपनी जग्गामा सामुहिक खेती गर्ने सहकारी कृषि प्रणाली अवलम्वन गर्नुपर्छ ।’
मन्त्री थापाले हरेक नागरिकको पूँजीलाई उत्पादनमा लगाउनै पर्ने नियम बनाउनसके नेपाल आत्मनिर्भर हुने ठोकुवा समेत गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप