बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्को दुःखद खबर : युएस बंगला विमानको क्याप्टेनकी श्रीमतीलाई ‘ब्रेन स्ट्रोक’

सोमबार, ०५ चैत २०७४, १७ : ०८
सोमबार, ०५ चैत २०७४

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनामा क्याप्टेन अविद सुल्तानले ज्यान गुमाएको एक हप्ता पछि उनकी पत्नी अफसना खनामलाई पनि ‘ब्रेन स्ट्रोक’ भएको छ ।
अफसनालाई विहान ४ बजे बंगलादेशको उत्तरास्थित नीजि निवासमा ‘ब्रेन स्ट्रोक’भएको उनका आफन्तजनहरुले जनाएका छन् ।
आफन्तहरुको भनाई अनुसार उनलाई ढाकाको अरारगाउँस्थीत नेशनल इन्स्टीच्युट अफ न्युरोसाइन्स एण्ड हस्पिटलमा भर्ना गरिएको छ । डाक्टरहरुले बिहान सात बजे उनको शल्यक्रिया गरेको बङ्लादेशी समाचारपत्र डेली स्टारले लेखेको छ ।
पाइलट अविद सुल्तान र उनका चारै जना क्याविन सदस्यहरुको यु.एस.–बङ्ला विमान दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा २२ नेपाली ,२६ बंगलादेशी नागरिक र एक चिनियाँ नागरिकको पनि मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप