शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा विपक्षी नेता जियाको जमानत अस्वीकार

सोमबार, ०५ चैत २०७४, १६ : ४२
सोमबार, ०५ चैत २०७४

एजेन्सी– बंगलादेशको उच्च अदालतले थुनामा रहेकी यहाँकी विपक्षी दलकी नेत्री खालिदा जियाले गर्नुभएको जमानतमा रिहाइको अपिल अस्वीकार गरेको छ ।  सोमबार सो अदालतले उक्त अपिल अस्वीकार गरेको हो । उनलाई हाल भ्रष्टाचारको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको छ । 

अदालतको यो निर्णयसँगै बंगलादेशेको राजनीतिक संकट झनै गहिरिएको छ । आगामी डिसेम्बरमा हुन लागेको आमनिर्वाचन अघि नै उनलाई जमानतमा रिहा गरिएमा निर्वाचनको समयमा सहजता हुने अपेक्षा गरिएको थियो । 

यहाँको उच्च अदालतको यो निर्णयसँगै विपक्षीहरु पनि क्रुद्ध बनेका छन् । जियाको विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टीका महासचिव फकरुल इस्लाम अलामजिरले यो निर्णय अदालतको राजनीतिक निर्णय भएको बताएका छन् । 

उनले निर्वाचनसम्म नै बंगलादेशका प्रधानमन्त्रीले विपक्षी नेतालाई जेलमै राख्न खोजेको अदालतको यो फैसलाबाट देखिएको आरोप पनि लगाएका छन् ।  त्यस्तै विपक्षी नेत्री जियाका वकिलले पनि अदालतको सो आदेश राजनीतिबाट प्रेरित भएको आरोप लगाएका छन् । उनका वलिक सनउल्लाह मियाँले भनेका छन्–“यो बंगलादेशको इतिहासमा नै कहिल्यै नभएको आदेश अदालतबाट आएको छ, यो पनि राजनीतिक निर्णयबाट प्रभावित भएको देखिएको छ ।” 

उनलाई तल्लो अदालतले आगामी मे महिनासम्मका लागि जमानतमा रिहा गर्न मिल्ने आदेश दिएको थियो । त्यस आदेशका विरुद्धमा यहाँका भ्रष्टाचार नियन्त्रण हेर्ने निकाय उच्च अदालत गएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप