शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोष्टरमा यस्तो देखियो रोहित र दयाहाङको ‘नेप्टे’

सोमबार, ०५ चैत २०७४, १६ : ३३
सोमबार, ०५ चैत २०७४

काठमाडौं – ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ‘नेप्टे’का पोष्टरहरु समेत सार्वजनिक गरिएको छ । चलचित्रको प्रचार प्रसारका लागि भनेर तयार पोरिका पोस्टर दर्शक प्रतिक्रियाका लागि मिडिया माझ ल्याइएको हो । 

पोष्टरमा चलचित्रका कलाकार रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका अटाएका छन् । देव कुमार श्रेष्ठले यो चलचित्र निर्देशन गरेका हुन् । 

किरण माइकलको पटकथा एवं संवाद रहेको चलचित्रमा रोहित आफैंले कथा लेखेका हुन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’मा हरी घले लामाको छायाँकन रहेको छ । 

चलचित्र भित्र अभिनय रहेका कलाकार पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकार पोष्टरमा अटाएका छैनन् । उनीहरुको अभिनय दर्शकका लागि सरप्राइज हुने भन्दै पोष्टरमा नअटाइएको निर्माता रोहितले बताए ।

छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेको यो चलचित्र ३० चैत्रबाट देशभर प्रदर्शनमा आउँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप