शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गायन प्रतिभा छान्न ‘द भ्वाईस अफ नेपाल’को घोषणा

सोमबार, ०५ चैत २०७४, १६ : ३१
सोमबार, ०५ चैत २०७४

काठमाडौं – विश्वको चर्चित गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली  फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ । आइतवार राजधानीको एक पाँच तारे होटलमा शोको औपचारिक घोषणा भयो ।

असारबाट प्रशारणमा आउँने उक्त रियालिटी शोलाई नेपाल आइडलका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । प्रलाद सिंह ठकुरी एमडी रहेको उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् ।

सुशील नेपालले होस्ट गर्ने उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहने छन् । ‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’घोषणा गरिनेछ । 

विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप