मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्मा र मुकेशको ‘यो प्रित’

सोमबार, ०५ चैत २०७४, १६ : ०२
सोमबार, ०५ चैत २०७४

काठमाडौ– अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ चलचित्रको ‘यो प्रित ’बोलको गीत सार्वजनिक भएको छ । २३ चैत्रदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको यो गीतमा अभिनेत्री करिश्मा मानन्धर र मुकेश ढकालको रोमान्स देख्न सकिन्छ । 

प्रल्हाद तिमिल्सिना र प्रविशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । विकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । गीतमा करिश्मा र मुकेश बीचको प्रेमभाव झल्काइएको छ ।

एनबी महर्जनको निर्देशनमा बनेको फिल्मका सार्वजनिक टे«लर र गीत अहिले चर्चामा छन् । एक्शन लभस्टोरी फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ । 

करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारको चलचित्रमा अभिनय रहनेछ । 

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । चलचित्र नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागिएको अभिनेत्री पुर्णिामाले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप