एलिनालाई मिस फिटनेशको उपाधि
पोखरा – १२ प्रतिस्पर्धीलाई पछि पार्दै बिरौटा पोखराकी १८ बर्षिया एलिना जिसीले ‘मिस एण्ड मिसेस फिटनेश २०१८’को ताज जितेकी छन् । उनले सँगैै वेष्ट फोटोजेनिक अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । कक्षा १२ मा अध्ययनरत एलिनाले क्राउनसँगै ५० हजार नगद रुपैयाँ र अन्य गिफ्ट समेत पाएकी छन् ।
नारीहरुको नेतृत्व विकास, ब्यक्तित्व विकास, आत्मविश्वास बृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यले सेपअप जुम्बाको आयोजना तथा एस.टी. क्रियशनको व्यवस्थापनमा होटल पोखरा ग्रान्डमा सम्पन्न प्रतियोगितामा १७ बर्षीया चाँदनी पुनले फस्ट रनरअपसँगै मोस्ट सपोटिभ टाईटल र २२ बर्षीया इच्क्षा मल्लले सेकेण्ड रनर अपको उपाधिसँगै वेस्ट पर्रफमेन्सको टाईटल पनि चुम्न सफल भइन् । फस्ट रनरअप चाँदनीले उपाधिका साथमा पच्चीस हजार नगद र सेकेण्ड रनर अप इच्क्षाले पन्ध्र हजार नगद समेत प्राप्त गरे ।
सञ्चारकर्मी सुरज थापाको कोरियोग्राफी र सौरभ थापाको सह कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा नृत्य, गायन, तथा हास्य प्रहसनजस्ता प्रस्तुतिले दर्शकको मनलाई मोहित बनाएको थियो । सञ्चारकर्मी तथा मेन मिडियाका निर्देशक संजोग बस्याल, बरिष्ठ जुम्बा प्रशिक्षक जिन तमन्ना गुरुङ, मिसेस तीज तथा सञ्चारकर्मी रोजी श्रेष्ठ, सञ्चारकर्मी तथा मन्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले र मिसेज गण्डकी निलिमा हिराचन श्रेष्ठ लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल