बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली सशस्त्र प्रहरी बनेर ठग्ने युवती प्रहरी फन्दामा

सोमबार, ०५ चैत २०७४, १४ : ३०
सोमबार, ०५ चैत २०७४

काठमाडौं– ‘सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै नक्कल सशस्त्र प्रहरी बनेर ठगी गर्ने कोपिला बोहरालाई प्रहरीले पक्राउ गरेको छ । 
सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ स्थायी घर भएकी २७ वर्षीया कोपिलाले चार युवतीहरुबाट २ लाख ४१ हजार ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

‘सशस्त्र प्रहरीको असई हुँ, शसस्त्रमा जागिर लगाईदिन्छु’ भन्दै मञ्जु बुढाथोकीको नाममा बालाजुमा बस्दै आएकी बोहराले दैलेखकी राधा शाहिसँग १ लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, बिमला खड्कासँग १५ हजार र जुना कुमारी खड्कासँग १९ हजार ठगी गरेको बताईएको छ । 

प्रहरीले बोहरालाई आइतबार बालाजुस्थित लोकतान्त्रिक चोकबाट नियन्त्रणमा लिएको हो । पीडितहरुलाई विश्वास दिलाउनका लागी बोहराले सशस्त्र प्रहरीको युनिफर्म लगाएको फोटो समेत देखाएर विश्वास दिलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप