शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको शय्याबाट मेयर ममताको बयान

सोमबार, ०५ चैत २०७४, १४ : ०८
सोमबार, ०५ चैत २०७४

काठमाडौं, चैत ५ । राधा चौधरीमाथि भएको घटना यही फागुन २४ गते कैलालीको घोडघोडी नगरपालिकाको वडा नं ५ मा भएको हो । त्यो दिन हाम्रो नगरपालिकामा कार्यपालिकाको मिटिङ बस्ने भनेका थियाँै । तर त्यो दिन नै अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भएकाले मिटिङ भएन । 

म दिनभरी आफ्नो काममा व्यवस्त थिएँ । दिनभरी भेटघाटमा व्यस्त भए । दिउँसो वडा नं ५ का वडाअध्यक्षले मलाई फोन गरेर देउकलिया गाउँमा एक जना बाबाले महिलामाथि कुटपिट गरे भनेर जानकारी गराए । मैले प्रहरीलाई खबर गराएँ । प्रहरीलाई गएर बुझ्न र छानबिन गर्न सुझाएँ । 

म त्यो दिन घटनास्थलमा थिइनँ । त्यो वडा मेरो घरबाट १५ किमि टाढा पर्छ । प्रहरी गएर घटना स्थलबाट रामबहादुर चौधरी र अन्य ६ जनालाई सघाएका कारण समातेर चौकीमा ल्याए छन् ।

म त्यही दिन साँझ चिसापानी मलामी आएँ । त्यही नगरपालिकाका माओवादी साथी वीरेन्द्र खड्काको नेपालगन्जमा दुई दिन पहिला मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । २४ गते चिसापानी ल्याएर अन्त्यष्टि गरिँदै थियो । म त्यहाँ गएँ । वीरेन्द्रजीको मेडम उपमेयरमा लड्नु भएको थियो । 

बोक्सीको आरोपमा २४ गते बिहान नै देउकलियामा राधा चौधरीमाथि हातपात भएको हो । म त्यो दिन त्यो वडामा गएको नै छैन । तर मलाई मुकदर्शक मेयर भनेर कसरी कुन उद्देश्यले हो, सामाजिक सञ्जालमा यस्तो हुनु भएन भनेर केही मिडियाले पनि लेखे । 

हो मलाई वडाध्यक्षले जानकारी गराएपछि प्रहरीलाई मैले नै खबर गरेको हुँ । प्रहरीले सुरुमा मलाई सामान्य कुटपिट रहेछ भने । मैले सबै कुरा हेरेर बुझेर काम गर्नुहोस् भनेँ । तर मेयरले भनेर मिलापत्र गरे भनेर हल्ला गरेछन् । त्यो हुँदै नभएको कुरा हो । आफू बच्न असईले मतिर मुद्दा मोडिदिए ।  हुँदै नभएको काममा मलाई फसाइयो ।  

२५ गते म व्यस्त भए । त्यो दिन सबै काममा व्यस्त भयौ । तर त्यो दिनभरी मेराविरुद्ध अभियान नै चलेछ । भिडियोमा हँुदै नभएको मलाई पनि छ भन्दै सामाजिक सञ्जालमा अभियान चलाए । जुन घटना भयो त्यो जघन्य अपराध हो । 

तँ नै होस नि मेयर भनेर ६ जनाले मलाई पिट्न थाले । तीन जनाको हातमा खुकुरी थियो । खुकुरीले ममाथि हमला गरे । टाउको बचाउन थाले । गुहार मागे । मेरी श्रीमतीले भित्रबाट छिमेकीलाई फोन गरिछन् । मानिस जम्मा हुँदासम्म मलाई गोली हानिसकेका थिए ।

२६ गते म राधाको बुबालाई लिएर धनगढी गएँ । धनगढीमा पत्रकार सम्मेलन गरँे र जानकारी गराएँ । म त्यहाँ थिइनँ, जम्मा भएका गाउँलेहरू र रामबहादुरका भक्तजन भन्नेहरू हुन् भनेँ । त्यही दिन ७ नं प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले पनि बोलाउनुभएको थियो । उहाँलाई पनि घटनाबारे जानकारी गराएँ । एमालेको उहाँ जिल्ला अध्यक्ष पनि हुुनुहुन्छ । 

२७ गते काठमाडौं आउन तयारी गरेको थिएँ । त्यहाँ एउटा विद्युत सहकारी छ । त्यो टिमसँग म काठमाडौँ आउन टिकट लिएको थिएँ । त्यस्तो घटना भएपछि म त्यहीँ बसेँ । जुनसकुै ठाउँमा त्यस्तो घटना भए पनि दुखद् हो । यो मेरो नगरपालिकामा भएको थियो । यसलाई मैले गम्भीरताका साथ लिएको थिएँ । मैले नै प्रहरीलाई खबर गरेँ । समात्न लगाएँ तर मेरोविरुद्ध झुट्टा अभियान चलाएर मेरा बदनाम गराएँ । म त्यो घटना भएको ठाउँमा नै थिएन । 

२८ गते म, उपमेयर प्रेमकुमारी थापा र वडा अध्यक्षसहित राधा चौधरीको घरमा गयौँ । दिन भरी बस्यो । अपराधीलाई सजाय हुन्छ । हामी तपाईंको साथमा छाँै भन्यौँ । 

दिनभरी त्यहीँ बसेर छलफल भयो । पीडितका आमाबुबालाई सान्त्वना दियौँ । साझ घर फर्कें । घर पुग्दा अँध्यारो भइसकेको थियो । म घर पुगेर भित्र पसेको थिएँ । मेरो ड्राइभरले कोही मानिस तपाईंलाई भेट्न आएका छन् भनेर बोलाए । म बाहिर आए । म बाहिर आउँदा मेरी श्रीमती भित्र खाना पकाउँदै थिइन् ।

म बाहिर आएपछि ढोका बाहिरबाट बन्द गरेर चुकुल लगाइदिएँ । तँ नै होस नि मेयर भनेर ६ जनाले मलाई पिट्न थाले । तीन जनाको हातमा खुकुरी थियो । खुकुरीले ममाथि हमला गरे । टाउको बचाउन थाले । गुहार मागे । मेरी श्रीमतीले भित्रबाट छिमेकीलाई फोन गरिछन् । मानिस जम्मा हुँदासम्म मलाई गोली हानिसकेका थिए । टाउको चोट सहन सकिन र म बेहोस् भएँछु । आफन्त छरछिमेकी जमा भएपछि नजिकैको घोडाघोडी अस्पताल ल्याएर उचपार गराए । 

शिक्षक भएको मानिस हुँ । समाजमा हुने यस्ता कामको म कसरी मुख दर्शक हुन सक्छु । १५ वर्ष राष्ट्रिय मावि हाल उच्च माविमा पढाएको हुँ । समाजमा हुने यस्ता अन्धविश्वासको काम गर्नु हँुदैन भन्थेँ । तर आज मलाई नै मुकदर्शक भयो भन्दै बदनाम गराउन थाले । 

ममाथि आक्रमण गर्नेलाई प्रहरीले सत्यतथ्यका साथ बाहिर ल्याओस् । निर्दोष मानिस फस्नु हुन्न वास्तविक आरोपीलाई सजाय होस् । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप