शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीको सेनाद्वारा सिरियाली अफ्रिन सहर नियन्त्रणमा

सोमबार, ०५ चैत २०७४, १४ : ०३
सोमबार, ०५ चैत २०७४

एजेन्सी– सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन् । 

उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो । आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ । 

टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारिर खोजिरहेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ । 

टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकूहरु आइतबार सहरको मुख्यभागमा पुगेका थिए । त्यसपछि उनीहरुले आफ्नो नियन्त्रणमा लिएको सहरको मध्यभागमा टर्कीको झण्डा फहराएका बताइएको छ ।  टर्की र सिरियाको सीमावर्ती सहर हो अफ्रिन । यो सहर र वरपरका क्षेत्रबाट वाइपीजी भनिने कुर्द समूहका लडाकूहरुलाई हटाउने लक्ष्य टर्कीले थालेको थियो । 

उक्त क्षेत्रमा रहेका ती लडाकूलाई हटाउने क्रममा गएको दुई महिनाको अवधिमा करिब २८० जना नागरिकको ज्यान गएको थियो । मारिनेमा कुर्द लडाकूहरु पनि थिए र सर्वसाधारण पनि परेका थिए । 

सिरियाको पूर्वी गुटा क्षेत्रमा टर्की र सिरियाली सेनाले संयुक्त रुपमा कारबाही थाल्नुभन्दा केही समयअघि नै यहाँ टर्कीको सेनाको सहयोगमा टर्की समर्थित लडाकू समूहले यस्तो कारबाही थालेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप