शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा राष्ट्रपति निर्वाचनः पुटिनको मत ७६.६७ प्रतिशत

सोमबार, ०५ चैत २०७४, १३ : ५७
सोमबार, ०५ चैत २०७४

एजेन्सी– रुसको राष्ट्रपतिमा पुनः निर्वाचित भएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६.६७ प्रतशत मत प्राप्त गरेका छन् ।  आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उनी अत्यधिक बहुमतका साथ पुनः निर्वाचित हुनुभएको समाचारमा जनाइएको छ । 

प्राप्त समाचारअनुसार यहाँको निर्वाचनको मतमध्ये ९९.८ प्रतिशत गणना गरिसक्दा पुटिनले मात्र ७६.६७ प्रतिशत मत हात पारेका थिए ।  यो उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी हो । उनका प्रतिद्वन्द्वीले १२ प्रतिशतमात्र मत प्राप्त गरेका छन् ।  आइतबार सम्पन्न मतदानमा ६७ प्रतिशत मत खसेको थियो । यस मतसंख्यालाई पनि कममात्र मत खसेको भनी टिप्पणी गरिएको छ । 

उता विपक्षीहरुले भने उनको यो मत प्रतिशतलाई अस्वाभाविक भनी टिप्पणी गरेका छन् । उनीहरुले यस मतप्रतिशतलाई राष्ट्रपतिले स्वच्छ निर्वाचनका माध्यमबाट प्राप्त नगरेको बताएका छन् ।  पुटिनले रुसलाई करिब दुई दशकदेखि नेतृत्व प्रदान गर्दै आएका छन् । यो उनको चौथो कार्यकाल हो । उनले रुसलाई आगामी ६ वर्ष नेतृत्व प्रदान गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप