शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुन मिसनमा छन् अमेरिका बाहिर २ लाख अमेरिकी सेना

सोमबार, ०५ चैत २०७४, १३ : ४७
सोमबार, ०५ चैत २०७४

बीबीसी 
अघिल्लो वर्ष अक्टोबर महिनामा नाइजरमा लुकेर गरेको हमलामा चार अमेरिकी सेना मारिएका थिए । यी सेनाहरू मालीको सीमामा एउटा अपरेसनमा खटिएका थिए । 

अमेरिकाका लागि यो ठूलो झट्का थियो । पश्चिम अफ्रिकाको यो इलाकामा अमेरिकी सेनाले अभियान चलिरहेको छ भन्ने सायद कसैलाई थाह थिएन । 

विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाका दुई लाखभन्दा बढी सेनाहरू विश्वका १ सय ८० देशमा फैलिएका छन् । यद्यपि यीमध्ये पनि सातवटा देशमा अमेरिकी सेना सक्रिय रूपले  सैन्य अभियानामा सामेल छन् । 

यससम्बन्धी गोप्य रिपोर्टबाट बाहिर आएको छ र यसलाई ट्रम्प सरकारले अमेरिकी काँग्रेसलाई पठाएको छ । न्यूयोर्क टाइम्समा छापिएको यो रिपोर्टलाई हामी यहाँ उक्त सात देशका बारेमा जानकारी दिने छौँ :

अफगानिस्तान
अफगानिस्तानमा १३ हजार ३ सय ३९ सेना छन् । ११ सेप्टेम्बर २००१ मा वासिङ्गटन र न्युयोर्कमा तालिबान र अलकायदाले गरेको हमलापछि अमेरिकी सेनालाई यहाँ पठाएको थियो । अमेरिकाले यहाँ तालिबानसँग लामो लडाइँ लड्नु पर्यो तर अझै पनि युद्ध सकिएको छैन । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाका लागि अफगानिस्तानको लडाइँ अहिले पनि सबैभन्दा बढी चुनौती बनेको छ । अमेरिकालाई यहाँ अलकायदा, तालिबान, इस्लामिक स्टेट र हक्कानी नेटवर्कसँग कडा चुनौती छ । 
इराक 
सद्दाम हुसेनको अन्त्यपछि इराकमा अमेरिकी सेना अहिले इस्लामिक स्टेटसँग लडाइँमा जुधिरहेको छ । सद्दाम हुसेन मारिएपछि इराक नराम्रो तरिकाले अशान्त छ । इस्लामिक स्टेटको कारण देशभरी हिंसा जारी छ । यद्यपि यो हिंसा अहिले पनि रोकिएको छैन । अमेरिकी सेना यहाँ पनि इस्लामिक स्टेटका लडाकुहरूसँग लडाइँ लडिरहेको छ ।

सिरिया
सिरियामा अमेरिकाको नेतृत्वमा अन्तर्राष्ट्रिय बलले सन् २०१७ मा लाखौँ मानिसलाई चरमपन्थीको कब्जाबाट मुक्त गराएको थियो । इराक र सिरियामा चरमपन्थी समूहहरूको ९८ प्रतिशत कब्जा छुटाएको छ । सिरियामा कमसेकम १ हजार ५ सय सेना छन् । यिनीहरू आफ्नो अभियान चलाइरहेका छन् । तर पनि अहिलेसम्म सिरियामा अवस्था सामान्य भएको छैन । अमेरिकाको विरुद्धमा रुस अर्को पक्ष भएर मैदानमा उभिएको छ । 
यमन
अमेरिकी सेनाको उपस्थिति यमनमा पनि छ । यहाँ पनि अलकायदासँग लडिरहेको छ । ट्रम्प सरकारले अमेरिकी काँग्रेसलाई जुन रिपोर्ट दिएको छ, त्यसमा अमेरिका आंशिक रूपमा यमनमा हुती विद्रोहीविरुद्ध सउदी अरबको नेतृत्वमा भएको सुरक्षा बललाई सहयोग गरीरहेको छ भनेको छ । यो सहयोग सैन्य स्तरमा मात्र होइन खुफिया सूचनाको पनि आदान प्रदान हुन्छ । 

सोमालिया 
सोमालियामा पनि अमेरिकाका ३ सय सैनिक छन् । यो सोमालियास्थित चरमपन्थी सङ्गठन अल सबाबको विरुद्ध अप्रेसन चलाइरहेका छन् । १९९३ मा सोमालियामा अमेरिकी सुरक्षा बललाई ठूलो झट्का लाग्यो । त्यो समयमा अमेरिकी सेना मोहम्मद फराह अइदिदलाई पकड्ने अभियान चलाइरहेको थियो । यो अपरेसनका क्रममा के सावित भएको भने सोमालियामा सैन्य अभियान चलाउन कति मुस्किल छ । यो अभियानमा १८ अमेरिकी सेना मारिएका थिए । 

लिबिया
लिबियामा अमेरिकी सेनाको उपस्थिति धेरै कम छ । अमेरिकी काँग्रेसलाई बुझाएको रिपोर्टमा ट्रम्प प्रशासनले अमेरिकी सेना इस्लामिक स्टेटविरुद्ध लडिरहेको छ भनेको छ । लिबियामा गद्दाफी शासनको अन्त्य भएपछि यहाँ अशान्ति फैलिएको छ । 

नाइजेरिया  
नाइजेरियामा करिब ५ सय सक्रिय अमेरिकी सेना छन् । अक्टुबर २०१७ मा चार अमेरिकी सेना मारिएपछि यहाँ इस्लामिक स्टेटको विरुद्ध अभियान जारी छ । अमेरिकामा यी सेनाको मृत्युको विषयलाई लिएर बहस पनि भइरहेको छ । अमेरिकाका लागि पश्चिमी अफ्रकी देश नाइजेरियामा सेनाको उपस्थिति नयाँ कुरा हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप