केन्द्रीय संस्करण

नेपालमै सकेको गरौं

person access_timeचैत ५, २०७४ chat_bubble_outline0

रत्ना न्यौपाने 

नेपाल संसारका गरिब देशमध्येको एक देश हो । गरिब देशका रूपमा परिचित भए पनि प्राकृतिक सम्पदका क्षेत्रमा नेपाल धनी मुलुकमै पर्छ । विश्वको सर्वोच्च शिखर, जलस्रोत र बहुमूल्य जडीबुटी हाम्रो देशमा छन् । यस्ता बहुमूल्य वस्तु भएर पनि यो देश गरिब हुनसक्ला त ? अध्ययन र प्रयोगको कमीका कारण देश धेरै सम्भावनाबाट टाढा रहेको छ । 

हाम्रो देशलाई हिमाली परिवेशबाट हेर्ने हो भने जडीबुटी उत्पादन, पशुपालन र त्यसको सदुपयोगबाट प्रशस्त लाभ लिन सकिन्छ ।
पहाडमा बस्नेहरूका लागि पशुपालन, फलफूल खेती, पर्यटन, व्यापार र तराईमा बस्नेहरूका लागि विभिन्न अन्नबाली र नगदे बालीहरूको व्यावसायिक उत्पादन गर्न सकिन्छ । त्यसैगरी तराईका समथर भूमिमा औद्योगीकरण गरी आवश्यक सामग्रीको उत्पादन गरी स्वदेशमै आत्मनिर्भर गरी जीविकोपार्जन गर्न सकिन्छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि आमनागरिकहरू विदेश गएर पसिना बगाउन पनि सन्तुष्ट  देखिन्छन् ।

अरू देशमाजस्तो चाइनाको कुरा गरौं, त्यहाँका नागरिकहरू काठमाडौंको सडक निर्माणमा लागिरहेको छन् । उनीहरू हाम्रो देशको विभिन्न स्थानमा उत्पादित जडीबुटी ओसारी रहेका छन् । यसले गर्दा नेपालको जडीबुटी ओसार्नेहरू धनी भइसके । हामी भने दैनिक जीविका चलाउनसमेत धौधौ  हुने अवस्थामा अझै छौँ । 

अब हामी सचेत हुनुपर्छ । विदेशीहरूलाई हाम्रा जडीबुटी कौडीको भाउमा सुम्पनु हँुदैन । जडीबुटीको उपयोगिता र त्यसको प्रयोगसम्बन्धी अध्ययन अनुसन्धान गरी त्यसको प्रशोधन गरेर हाम्रै देशमै सदुपयोग गरिनु आवश्यक छ । 

विदेशीहरूले हाम्रो देशको कुना–कुना डलरको लोभ बढाई रहेका छन् । डलरको मोहका कारण हामी जस्तोसुकै जोखिमोलेर विदेशीको दासी बन्न तयार देखिन्छौँ । कमै मात्र नेपालीहरू विदेशमा सम्मानित भएर व्यावसाय गरेका छन् । उमेर र ज्यानमा तागत हुन्जेल विदेशमा रमाएर भविष्यमा पछुताउँदै नेपाल फर्कनुको विकल्प छैन । त्यसैले आफ्नो आर्थिक हैसियत अनुसारको स्वदेशमै व्यवसाय गरेर आफ्नै मनको मालिक हुन छोडेर विदेशी भूमिमा कि विदेशिको दाशी हुने ?

हामीले अझै पनि आफ्नो देशलाई चिन्न सकेका छैनौं । तर विदेशहरूले नेपाललाई दुहुनो गई ठानेर हाम्रा स्रोतसाधनलाई प्रयोग गरिरहेका छन् । तर हामी घरमा दुहुना गाई भएर पनि  घरको दूध खान पाइरहेका छैनांै ।

हाम्रो देश प्राकृतिक सम्पदा र बहुमूल्य सम्पत्ति तथा जालस्रोतमा धनी हुँदाहुँदै त्यसको सही प्रयोग गर्न सकिहेका छैनौं । विदेशीले हामीलाई त्यसको थोरै हिस्सा दिएर हाम्रा प्राकृृतिक सम्पदाबाट भरपुर फाइदा लिइरहेका छन् । यदि हामीलाई नेपालमै केही गर्नुपर्छ भन्ने लाग्छ भने बनेर नेपालमै पौरख गर्नुपर्छ । नेपालमा भएका स्रोत साधनको भरपुर सदुपयोग गरी समुन्नत राष्ट्र निर्माणमा भाग लिनु पर्छ । 

सरकारका तर्फबाट समेत स्थानीय जनसहभागितामा बहस चलाउन आवश्यक छ । जनताका हितमा नीति नियम बनेको खण्डमा देशमै केही गरौं भन्ने भावना वृद्धि हुने थियो भने त्यसले देशको मुहार पक्कै पनि फेरिने छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X