शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षदेखि बन्द बागलुङको बलेवा विमानस्थलमा तारा एयरको परीक्षण उडान

सोमबार, ०५ चैत २०७४, १३ : ३०
सोमबार, ०५ चैत २०७४

बागलुङ -बागलुङको बलेवा विमानस्थलमा सोमबार तारा एयरले परीक्षण उडान गरेको छ । विगत २६ वर्षदेखि बन्द रहेको विमानस्थलमा नागरिक उडड्यन प्राधिकरण, तारा एयर, नेपाल एयरलाइन्सका प्रतिनिधि र  बागलुङ नगरपालिका पूर्व सांसदबीच दुई साताअघि भएको निर्णयअनुसार आज परीक्षण उडान गरिएको हो ।
 विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधारका काम, विमानस्थल वरिपरिका रुखहरु काट्नुपर्ने प्राविधिक टोलीको सुझावसहित रुख काट्ने, विमानस्थल सम्याउने, चट्टान तथा ढुङ्गाहरु हटाउने काम सम्पन्न भएपछि परीक्षण उडान सुरु गरिएको विमानस्थलमा पुगेका बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

 आगामी चैत ९ गतेदेखि हरेक आइतबार नेपाल एयर र शुक्रबार तारा एयरले उडान भर्ने छन् । बागलुङदेखि काठमाण्डौंका लागि न्यूनतम १२ जना यात्री भएपछि उडान गर्ने सहमति भएको छ । यदि ८–९ जना यात्री भएमा १२ जनाको भाडामा नपुग रकम बागलुङ नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ । दुई वर्ष पहिले नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माको पहलमा विमानस्थल सञ्चालन गर्ने भनी परीक्षण उडान गरेपनि विमानस्थल सञ्चालनमा आउन सकेको थिएन । त्यतिबेला बागलुङ नगरपालिकाले सम्झौता नगरेका कारण सञ्चालनमा आउन नसकेको उपप्रमुख खड्काले बताए । 
 बलेवा एयरपोर्ट सञ्चालनमा आएसँगै बागलुङ सदरमुकामदेखि बलेवासम्मको सडक कालोपत्रे गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ । विमानस्थल वि.सं २०४८ सालदेखि सञ्चालनमा आउन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप