बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुण्डागर्दी मार्फत हप्ता असुल्ने लामा प्रहरी फन्दामा

सोमबार, ०५ चैत २०७४, १२ : २३
सोमबार, ०५ चैत २०७४

काठमाडौं–गुण्डागर्दी मार्फत ब्यवसायीबाट हप्ता असुल्दै आएका निमा लामा भन्ने राजेन्द्र लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक स्थायी घर भएका लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका ब्यवसायीहरुलाई डर, त्रास र धाकधम्की दिएर महिनाबारी उठाउने र नदिए मार्ने समेतको धम्की दिने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।
प्रहरीको सूचीमा ‘ग’ श्रेणीका गुण्डा भनेर चिनिएका लामा काभ्रेको भिमखोरी गा.वि.स–२ करम डाँडाका स्थायी बासिन्दा हुन् । सिनामंगल क्षेत्रका मेनपावर रेखदेख, असुली, धाकधम्की र सामान्य ठेक्कापट्टाको आवरणमा गुण्डागर्दी गर्दै आएका लामाले धाकधम्की दिएर हप्ता असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई केही समय यता निगरानी बढाएको थियो ।
फागुन १६ गते दरबारमार्गबाट पक्राउ परेका लामाले सिनामंगलमा देखावटी रुपमा कपडा पसल खोलेको भएपनि महिनाबारी उठाउने कार्यलाई निरन्तरता दिइरहेको र उनीबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।  
यसैबीच, काठमाडौंको नरेफाँट बस्ने भीष्म प्रताप भण्डारीसँग १५ लाख नदिएमा छोराछोरीलाई समेत अपहरण गर्छु भनि त्रास देखाउने कार्यमा संलग्न पेप्सीकोलाका मनोज श्रेष्ठ पक्राउ परेका छन् । 
यअसघि पक्राउ परेका सुरज शाहलाई २७ वर्षीय श्रेष्ठले नै काममा लगाएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप