शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालगृहलाई ४० लाख सहयोग

सोमबार, ०५ चैत २०७४, ११ : २५
सोमबार, ०५ चैत २०७४

लमजुङ– क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ गाउँकी ८० बर्षीया सानुमाया गुरुङले एक बालगृहलाई ४० लाख ११ हजार १ सय ११ रुपैया“ सहयोग गरेकी छिन् । 
आइतबार संस्थाका तत्कालीन अध्यक्ष स्व. लेखनाथ अधिकारीको ५ औं स्मृति दिवसको अवसरमा उक्त रकम बराबरको चेक गुरुङले कोषाध्यक्ष धनुदेवी पिया र सचिव हुमा गुरुङलाई हस्तान्तरण गरेकी हुन् ।
आफैं अध्यक्ष रहेको बालगृहको संचालक संस्था आदर्श महिला तथा बालविकास केन्द्रद्धारा स्थापना गरिएको अक्षयकोषमा उक्त रकम गुरुङले जम्मा गरेकी हुन् ।
२०४६ सालमा उनले आदर्श महिला तथा सीप विकास बहुउद्देशीय केन्द्र खोलेर पढ्न नपाएका महिलालाई सीप दिन थालेकी थिईन् । 
२०६० मा स्व.अधिकारीलाई अध्यक्ष बनाएर द्धन्द्धपीडित तथा असाहय बालबालिका संरक्षण गृह स्थापना गरिएकोे थियो । संस्थाका तत्कालीन अध्यक्ष अधिकारीले आफ्नो अंशको जग्गा विक्रीको १० लाख रुपैया“बाट अक्षयकोषको सुरुवात गरेका थिए । गुरुङले पोखराको आफ्नो घडेरी बेचेर बालबालिका पढाउन सहयोग गरेको बताईन् । 
१ करोड रुपैया“ अक्षयकोष स्थापना गर्ने लक्ष्य लिइएको उक्त संस्थामा सानुमाया गुरुङले ४० बढि सहयोग गरेपछि कोषमा ७६ लाख पुगेको संस्थाले जनाएको छ ।
संस्थामा हाल १३ जना बालबालिका आश्रय लिइरहेका छन् भने १६ जनालाई आफन्तसँग पुनर्मिलन गराइसकिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप