शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तिम बलमा कार्तिकको छक्का, रोमाञ्चक खेलमा बंगलादेशलाई हराउँदै भारतलाई त्रिदेशीय शृंखला

सोमबार, ०५ चैत २०७४, १० : ५६
सोमबार, ०५ चैत २०७४

कोलम्बो । जब दिनेश कार्तिक मैदानमा प्रवेश गरे भारतलाई १२ बलमा ३४ रनको आवश्यकता थियो । 

मुस्तफिजुर रहमानले सम्भवतः प्रतियोगिताकै उत्कृष्ट ओभर फालेका थिए । क्रिजको अर्को तर्फ विजय शंकर निरिह बनेर हेरिरहेका थिए । 

तर, उपाधि नजिक पुगेर पनि बंगलादेश एकपटक फेरि भारतसँग पराजित हुनपुगको छ ।

बंगलादेशको गल्तीको फाइदा उठाउँदै क्रिजमा कुल देखिएका कार्तिकले भारतलाई जित दिलाए ।

तैपनि अन्तिम बलसम्म रोमाञ्चक बनेको थियो । अन्तिम ओभरमा भारतलाई ६ बलमा १२ रन आवश्यक रहेको अवस्था अन्तिम बलमा ५ रन बनाउने स्थितिमा पुगेको थियो ।

तर, कार्तिकले सौम्य सरकारको बलमा छक्का हिर्काउँदै टोलीलाई निदाहास ट्रफीको फाइनलमा ४ विकेटको जीत दिलाए ।

म्यान अफ द म्याच दिनेश कार्तिकले ८ बलमा २९ रन बनाएपछि भारतले बंगलादेशले प्रस्तुत गरेको १६७ रनको लक्ष्य २० ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।

उनले यसक्रममा २ चौका र ३ छक्का हिर्काएका थिए ।

यसअघि कप्तान रोहित शर्माले ५६ रनको योगदान दिएका थिए भने केएल राहुल र मनिष पाण्डेले क्रमशः २४ र २८ रनको योगदान दिए ।

पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।

बंगलादेशका लागि सबिर रहमानले सर्वाधिक ७७ तथा महमदुल्लाहले २१ रन बनाए ।

भारतका लागि युजभेन्द्र चाहलले ३ तथा जयदेव उनाडकटले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप