बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेतमा प्रदेशकै नमुना बहुउद्देश्यीय कभर्ड हल बन्ने

सोमबार, ०५ चैत २०७४, १० : २५
सोमबार, ०५ चैत २०७४

पूर्णबहादुर खड्का

सुर्खेत – कर्णाली प्रदेशकै नमुना बहुउद्देश्यीय कर्भड हल निर्माण कार्य अघि बढेको छ । जिल्ला व्याडमिण्टन संघ सुर्खेतले कर्भडहल निर्माणको प्रक्रिया अघि बढाएको हो । कर्भडहलको शिलन्यास आगामि ११ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट गर्ने निर्माण समितिले जनाएको छ । 

सुर्खेतको वीरेन्द्रनगरमा निर्माण हुन लागेको कर्भडहल तत्काल चार कोडको लागतमा निर्माण सुरु गर्ने निर्माण समितिका संयोजक चेत अधिकारीले जानकारी दिए । 

उपत्यका नगर विकास समिति सुर्खेतले उपलब्ध गराएको करिव ५ कट्टा जग्गामा निर्माण गर्न लागिएको हो । कर्भडहलका लागि डिपिआर अनुसार ६ वटा कोडको भए पनि समितिले रकम अभाव देखाउँदै ४ वटा कोड निर्माण गर्न लागेको हो । थप २ वटा कोड पछि थप्न सकिने अधिकारीले बताए । 

उक्त ४ कोडको कर्भडहल निर्माण कार्य पुरा गर्न करिव साढे २ करोड बढि लाग्ने अनुमान गरिएको छ । पछि थप हुने २ वटा कोड सहित गरी करिव ७ लाख लाग्ने अनुमान गरिएको छ । निर्माण गर्न लागिएकोे कर्भडहल यसै आर्थिक वर्षबाट सुरुगरी २ वर्षभित्र सक्ने निर्माण समितिको योजना छ । 

प्रदेशको खेलकुद क्षेत्रको विकासका लागी पहल गरिएको यो पहिलो प्रयास हो । कभर्डहल निर्माण भएमा यस क्षेत्रका खेलाडिहरुले खेल अभ्यासका लागी सास्ति खेप्न नपर्ने देखिएको छ । निर्माण हुन लागेको कभर्डहलमा बिहान कम्तिमा ३०० जनाले एकै पटक योग व्यायाम गर्न सकिने छ  ।

अत्याधुनिक सुविधा सम्पन्न कभर्डहल निर्माण गर्नका लागि आर्थिक रकम संकलन गर्न मध्यपश्चिम धार्मिक महोत्सव २०७३ समेत आयोजना गरिएको थियो ।  सुर्खेतमा हुने बर्षको १÷२ पटक योग शिविरले मान्छेमा कम फाईदा हुने समितिका संयोजक अधिकारीले बताए । अव निरन्तर योग प्रणाम सञ्चालन हुने जनाए ।

त्यस्तै खेलाडिहरुले खेल अभ्यासका लागी कभर्डहल नहुदाँ दुख कष्ट भोग्नु परेको छ । यो निर्माण पश्चाल खेलाहिरु आफ्नै स्थानिय स्तरमा अभ्यास गर्न सक्ने छन्  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप