शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी राष्ट्रपति चुनावमा पुटिनको ठूलो जित

सोमबार, ०५ चैत २०७४, १० : ००
सोमबार, ०५ चैत २०७४

एजेन्सी–रुसमा फेरि एक पटक भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसपाली पुटिनको कार्यकाल ६ बर्षको हुनेछ ।

हिजो भएको राष्ट्रपति निर्वाचनमा पुटिनलाई ७६ प्रतिशत मत मिलेको छ ।  विपक्षी नेता अलेक्सई नवालनीलाई प्रतिबन्ध गरिएको थियो । 

शुरुवाती नतिजाको घोषणापछि मस्कोमा र्यालीमा बोल्दै पुटिनले मतदाताले आफुले गरेको कामलाई अनुमोदन गरेको बताए ।

फेरि पनि ६ बर्षका लागि चुुनाव लडनुहुन्छ भन्ने प्रश्नमा पुटिनले भने, ‘तपाईंहरु पनि मजाक गर्नुहुन्छ । सोच्नुहुन्छ कि म १०० बर्ष बाच्छु । यस्तो हुने छैन् । ’

जित पहिल्यैदेखि अपेक्षित भए पनि सन् २०१२ मा पुटिनले ल्याएको मतभन्दा अहिले बढी पाएका छन्।

त्यतिबेला उनले ६४ प्रतिशत मत ल्याएका थिए।

निर्वाचन आयोगका अनुसार पुटिनका निकटतम प्रतिद्वन्द्वी पावल ग्रुडीनिनले अहिलेसम्म करिब १२ प्रतिशत मत ल्याएका छन्।

क्रेम्लिनले अपेक्षा गरेको भन्दा कम अर्थात् ६४ प्रतिशत मात्रै मत खसेको थियो।

पुटिनको चुनावी अभियान टोलीले उनको जितलाई 'अविश्वसनीय' भनेको छ।

अभियान टोलीका एकजना प्रवक्ताले रुसको इन्टरफ्याक्स समाचार संस्थालाई भने, उहाँले प्राप्त गरेको मत प्रतिशत आफैँ बोल्छ। यो जनादेश हो जुन भविष्यमा निर्णय गर्नका निम्ति पुटिनलाई चाहिन्छ र उनले थुप्रै निर्णयहरू गर्नुपर्नेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप