शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एफए कप : सेमिफाइनलमा टोटनहम र युनाइटेड भिड्ने

सोमबार, ०५ चैत २०७४, ०९ : ५५
सोमबार, ०५ चैत २०७४

लण्डन । म्यान्चेस्टर युनाइेडले एफए कपको सेमिफाइनलमा टोटनहमको सामना गर्ने भएको छ ।

स्पर्सले शनिबार स्वान्सी सिटीलाई पराजित गर्दै गर्दै लागातार दोस्रो सिजन एफए कपको सेमिफाइनलमा प्रवेश गरेको थियो भने युनाइटेडले ब्राइटनलाई हरायो ।

दोस्रो सेमिफाइनलमा चेल्सी र साउथह्याम्पटन भिड्ने छ ।

आइतबार राती भएको खेलमा चेल्सीले अतिरिक्त समयमा गोल गर्दै लेस्टर सिटीलाई २–१ ले हरायो । चेल्सीका लागि मोराटाले गोल गर्दै अग्रता दिलाए पनि खेलको दोस्रो हाफमा जेमी भार्डीले खेल बराबरी गरे ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा पेड्रोले गोल गर्दै चेल्सीलाई जीत दिलाए ।

पछिल्ला सात सिजनमा चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको यो चौँथो अवसर हो ।

उता, साउथ ह्याम्पटनले लिग वान टोलीलाई २–० ले हरायो ।

सेमिफाइनल खेलहरु २१–२२ अप्रिलमा वेम्बलेमा हुनेछ ।

आठ पटकको विजेता टोटनहमले अन्तिम पटक १९९१ मा एफए कपको उपाधि जितेको थियो भने युनाइटेडले लुइस भान हालको नेतृत्वमा यसमा कब्जा जमाएको थियो ।

गत वर्षको उपविजेता चेल्सीले यो उपाधि सात पटक उचालेको छ । साउथ ह्याम्पटनले भने हालसम्म एक मात्र यो प्रतियोगिता जितेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप