शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एथ्लेटिको हार्दा अपराजित बार्साको अग्रता फराकिलो

सोमबार, ०५ चैत २०७४, ०९ : ४१
सोमबार, ०५ चैत २०७४

बार्सिलोना । बार्सिलोनाले यस सिजन ला लिगामा आफ्नो अपराजित यात्रालाई कायम राख्दै एथ्लेटिको बिल्बाओमाथि २–० को जीत हासिल गरेको छ ।

घरेलु टोलीले खेलको आठौँ मिनेटमा नै लुइस सुवारेजको स्थानमा आएका पाको अल्कासेरको गोलको मद्दतले अग्रता लिएको थियो ।

त्यसपछि खेलको ३० औँ मिनेटमा लियोनेल मेस्सीले बार्साका लागि दोस्रो गोल गरे ।

बार्साका लागि फिलिपे काउन्टिन्होको प्रहार दुई पटक तथा पाउलिन्होको प्रहार एक पटक विपक्षीको पोष्टमा लागेको थियो ।

हालसम्म ला लिगामा कुनै पनि टोली अपराजित भएर सिजन सकेको छैन । एउटा सिजनमा धेरै खेल अपराजित रहेको किर्तिमान रियल सोसिडाडको नाममा रहेको छ । उसले सन् १९७९–८० सिजनमा ३२ खेलमा अपराजित रहँदै यो उपलब्धि हासिल गरेको थियो ।

३८ खेल हुने ला लिगामा ९ खेल बाँकी छँदा बार्सिलोनाले हालसम्म खेलिएका २९ खेलमध्ये २३ मा जीत र ६ मा बराबरी गरेको छ ।

उता, दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिड भिल्लेरियालसँग १–२ गोलअन्तरले पराजित हुँदा बार्सिलोनाले शीर्ष स्थानमा ११ अंको अग्रता बनाएको छ ।

एन्टोनियो ग्रिजमानले पेनाल्टीमार्फत गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए पनि अन्तिम आठ मिनेटमा इनेस उनालले दुई गोल गरेपछि एथ्लेटिको पराजित हुन पुग्यो ।

२९ खेलपछि बार्साको ७५ अंक रहेको छ भने एथ्लेटिकोको ६४ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप