बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसमा गुट हेरफेर ?

सोमबार, ०५ चैत २०७४, ०८ : ००
सोमबार, ०५ चैत २०७४

नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन् । 

आन्तरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरुले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ । 

पार्टिभित्र एक नेताले अर्कोलाई निरीह र आफुर्ला शक्तिशाली देखाउन गुट समुह बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । 

निर्वाचनमा पराजितपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ । 

नेताहरुले गुट अदलबदल गर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कित्तामा मात्र होइन १३ औँ महाधिवेशनसँगै अस्तित्वमा आएको कृष्णप्रसाद सिटौला समुहमासमेत हलचल आएको आजको नागरिक दैनिकले यो खबर लेखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप