शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिवानी’मा अभिनेत्री खुश्बु

सोमबार, ०५ चैत २०७४, ०७ : ४०
सोमबार, ०५ चैत २०७४

काठमाडौं – अभिनेत्री मोडल खुश्बु खड्काको अभिनय चलचित्र ‘सिवानी’मा पनि रहने भएको छ । प्रि प्रोडक्सनको तयारीमा रहेको चलचित्रसँग उनी भर्खर जोडिएकी हुन् । चलचित्रमा उनले अभिनेता सबिन श्रेष्ठसँग रोमान्स गर्नेछिन् । 
अप खड्काको निर्देशनमा बन्न लागेको यो चलचित्र सुरज खड्काले निर्माण गर्न लागेका हुन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा खुश्बु र सबिनको अलवा निर्मल शर्मा, छुल्ठिम गुरुङ लगायतको अभिनय रहने छ । 

म्युजिक भिडियो, बिज्ञापन लगायतमा समेत आफुलाई अब्बल साबित गर्दै आएकी खुस्ब अभिनयका कारणले बिभिन्न अवार्ड समेत उचाल्न सफल  छिन् । 

‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योती’, ‘जुनी’ लगायत चलचित्रकी मुख्य अभिनेत्री खुश्बु नृत्यमा पनि रहेको बताइन्छ । उनी सुन्दर अनुहार र आकर्षक शरिरकी पनि घनी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप