शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युसएस-बंगला बिमान दुर्घटनाका घाइते ताम्रकार र त्रिपाठी सफल उपचारपछि अस्पतालबाट घर फर्किए

आइतबार, ०४ चैत २०७४, १९ : ०७
आइतबार, ०४ चैत २०७४

काठमाडै । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइतेहरु मध्ये दुईजना सफल उपचारपछि आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आज डिस्चार्ज हुनेहरुमा काठमाडौं कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी रहेका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि डिसचार्ज भइ घर फर्कन लागेका दुबैजनालाई शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएकाहरुमध्ये बनस्थली हरि प्रसाद सुबेदीको र किर्तिपुरका बिनोद राज पौडेलको भने उपचार जारी छ ।

गत सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइतेभएका थिए । 

घाइतेमध्ये कपनका दयाराम ताम्रकार, बालकोटका किशोर त्रिपाठी  र किर्तिपुरका बिनोद राज पौडेललाई ग्राण्डी अस्पतालको इएमएस टिमले बिमानस्थलबाट तथा बिभिन्न असपतालबाट थप उपचारकालागि ग्राण्डी अस्पताल ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप