बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तुम्वाहाङ्फे र दहालद्वारा सपथ

आइतबार, ०४ चैत २०७४, १९ : ०२
आइतबार, ०४ चैत २०७४

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख तथा राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्षले आइतबार सपथग्रहण गरेका छन् ।

शीतलनिवासमा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरासमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख 
शिव माया तुम्वाहाङफेले सपथ लिइन् ।

उनले प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम सपथ लिएकी हुन् ।


त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनासमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष शशिकला दहालले पद तथा गोपनीयताको शपथ लिइन् । 

राष्ट्रिय सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको पदमा शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप