शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यति एयरको विमानको ‘ह्विल लक’, ठूलो दुर्घटनाबाट जोगियो

आइतबार, ०४ चैत २०७४, १८ : २५
आइतबार, ०४ चैत २०७४

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा यति एयरलाइनसको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्ली पाण्डेका अनुसार यति एयरको जेटस्ट्रीम ४१ विमान अवतरण गर्ने क्रममा चक्का नगुडेपछि रनवेमा रोकिएको हो ।

पाण्डेका अनुसार विमानका चालक दल तथा यात्रुहरु भने सकुशल रहेका छन् ।

यति एयरलाइन्सका कर्मचारीले रातोपाटीसँगको कुराकानीमा नाइनएन एजेसी कलसाइन भएको विमानको अगाडीको पाङ्ग्रा ‘लक’ भएको र अहिले विमानलाई धवनमार्गबाट हटाउने काम भइरहेको जानकारी दिए ।

विमानस्थल अहिले बन्द गरिएको छ ।

साथै, क्रेन लगाएर विमान रनवेबाट हटाउने काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप