शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा ३ हजार १५७ जनाले एसइई परीक्षा दिदैँ

आइतबार, ०४ चैत २०७४, १७ : ४३
आइतबार, ०४ चैत २०७४

लमजुङ–चैत ८ गतेदेखि हुने एसईई परीक्षामा लमजुङबाट ३ हजार १५७ जना परीक्षार्थी सामेल हुने भएका छन् । 
एसइई परीक्षामा नियमित साधारण तर्फका ३ हजार ४१, एक्जाम्टेड तर्फका ३४, प्राविधिक तर्फका ६५ र खुल्ला तर्फका १६ जना परीक्षार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय लमजुङले जनाएको छ । ती परीक्षार्थीका लागि यसपटक १८ वटा परीक्षा केन्द्र कायम गरिएको छ । एसइई परीक्षाको तयारी सकिएको उप–जिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्राईले बताए । प्रत्यक केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र पुगिसकेको अधिकारीले बताए । 
परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने छ भने सोमबार १८ वटै केन्द्रका केन्द्राध्यक्षलाई १ दिने अभिमुखीकरण दिईने समेत परिक्षा शाखाका प्राविधिक सहायक सुरेन्द्रकुमार मण्डलले बताए । 
विगतका वर्षमा राजनीतिक भागबण्डामा केन्द्राध्यक्ष चयन गर्ने गरेको गुनासो आएपछि जिशिकाले पछिल्ला वर्षदेखि केन्द्र परेकै विद्यालयको मावि तहको स्थायी प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गर्न थालिएको हो । 
यसैबीच, लमजुङमा एसइई परीक्षाका लागि ४९ जना विद्यार्थी अयोग्य रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका कारणती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका हुन् । अयोग्य हुनेहरुमा साधारण तर्फ ४५ जना, खुल्ला तर्फ ३ जना र प्राविधिक तर्फका १ जना रहेका छन् । 
मनाङमा ५५ जना 
यस्तै, हिमालपारिको जिल्ला मनाङमा यस बर्ष ५५ जना विद्यार्थीले एसइई परिक्षा दिने भएका छन् । खुल्ला तर्फ ८ जना र नियमित साधारण तर्फ ४७ जना रहेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए । १ वटा मात्र परिक्षा केन्द्र रहेको मनाङमा १ जना परिक्षा दिन अयोग्य रहेका छन् । पश्नपत्र र उत्तर पुस्तिका बल्ला जिल्लामा आएको र रुजु गर्ने कार्य भैरहेको समेत उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप