बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री, सचिव र सरकारी उच्च पदस्थ कर्मचारीलाई एकै स्थानमा भेला गराएर ओलीले दिए यस्तो निर्देशन

आइतबार, ०४ चैत २०७४, १७ : ३७
आइतबार, ०४ चैत २०७४

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले शान्ति सुरक्षा र देशको अखण्डता खल्बल्याउन खोज्ने कसैलाई पनि छुट नदिने बताएका छन् । 

सिंहदरवारमा आइतबार मन्त्रीहरु, सचिवहरु र सरकारी उच्च पदस्थ कर्मचारीलाई बिशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘शान्ति सुरक्षा र मुलुुकको अखण्डता खल्वल्याउने कसैलाई पनि सरकारले छुट दिने छैन ’प्रधानमन्त्री ओलीको भनाई छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बर्तमान सरकार र सरकारमा रहेका सवै सदस्य र टिमलाई नयाँ, सम्बृद्ध, सुखी बनाउने ऐतिहासिक जिम्मेवारी र अभिाारा भएकाले मन्त्री र सचिवहरुलाई  जिम्मेवारी बोधका साथ लाग्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

‘समृद्ध नेपाल र सुखी नेपालीको सपना २०३० सम्म पुरा गर्नैपर्छ त्यसका लागि तपाईहरु जिम्मेवारीका साथ काम गर्नुस् । श्रोत, साधन र उर्जालाई प्रयोग गरेर देश सम्मबृद्ध बनाउनुपर्छ । जनताको सेवाबाट कसैले पनि विमुख ह्ुन पाउने छैनन्’ निर्देशनका क्रममा प्रधानमन्त्रीले भनेका थिए ।

 प्रधानमन्त्री ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिए । 

प्रधानमन्त्रीले भने, “दैनिक सामान्यरुपमा मात्रै काम गर्ने तौरतरिकाले अब सरकार चल्न सक्दैन । सरकारको काम कारबाहीमा गति देखिनु पर्दछ । जनताप्रतिको प्रतिबद्धता देखिनु पर्दछ । समृद्ध नेपाल र सुखी नेपालीको सपना देखिनु पर्दछ । घिसिपिटी तरिकाले हुँदैन र हुन सक्दैन ।” 

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको ऐतिहासिक प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारको दायित्वसमेत असाधारण र ऐतिहासिक रहेकामा मन्त्रिमण्डलका सदस्य र सरकारका सचिवलाई निर्देशन गराए । 

प्रधानमन्त्रीले भने, “यो सामान्य सरकार होइन, असामान्य सरकार हो । हामीले जिम्मेवारी पनि असामान्य तरिकाले नै निर्वाह गर्नुपर्दछ । समान्य समय ठानेर दैनिक कार्य सञ्चालन गर्ने तरिकाले मात्रै सरकार र सरकारी निकाय चल्न सक्दैन ।” 

प्रधानमन्त्रीले सन् २०३० सम्म नेपालले दिगो विकास लक्ष्य पूरा गर्नुपर्ने भएकाले सोहीअनुसार अगाडि बढ्नसमेत निर्देशन दिनुभयो । संविधानले उल्लेख गरेको मौलिक हकमा समावेश गरिएका सबै विषयलाई कार्यान्वयन गर्न पनि सबैको साझा प्रयासको जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो । 

प्रधानमन्त्रीले सरकारको बृहत् दायित्वलाई पूरा गर्नसमेत साझा प्रयास र साझा संकल्पको जरुरी रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले शान्ति सुरक्षामा खलल पु¥याउने, मुलुकको सार्वभौमसत्ता, अखण्डतामा आँच आउने तथा सामाजिक अमनचयन खल्बल्याउन खोज्नेलाई पूर्णरुपमा नियन्त्रण गर्नसमेत निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप