मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रेकर्ड ब्रेक्रर शालाह : ‘मेस्सी बन्ने बाटोमा’ – क्लप

आइतबार, ०४ चैत २०७४, १७ : २४
आइतबार, ०४ चैत २०७४

लण्डन । लिभरपुलका प्रशिक्षक जर्गन क्लपले मोहमद शालाह लियोनेल मेस्सीसमान स्थान बनाउने पथमा रहेको बताएका छन् । वार्टफोर्डविरद्ध शनिबार एक्लैले चार गोल गरेपछि क्लपले उनको प्रशंसा गर्दै सो कुरा बताएका हुन् ।

बार्सिलोनाका मेस्सी र टोटनहमका ह्यारी केनलाई पछि पार्दै युरोपका पाँच शीर्ष लिगमध्येका शालाह यस सिजनका सर्वाधिक गोलकर्ता रहेका छन् ।

तर, क्लपका अनुसार २५ वर्षीय इजिप्सियन फरवार्डले यस्ता तारिफभन्दा पनि आफ्नै खेलमा ध्यान केन्द्रीत गरिरहेका छन् । 

‘मलाई लाग्दैन मो आफूलाई लियोनेल मेस्सीसँग तुलना गरेको चाहन्छन्,’ उनले भने, ‘यसरी टोलीको खेलमा प्रभाव पार्न सक्ने पछिल्लो खेलाडी मैले डिएगो म्याराडोनालाई देखेको थिएँ ।’

पछिल्लो नौ महिनामा शालाहले रेड्सका लागि ३६ गोल गरिसकेका छन् । लिभरपुलका लागि कुनै पनि खेलाडीले डेब्यु सिजनमा नै गरेको यो सबैभन्दा बढी गोल हो । यो सिजन प्रिमियर लिगमा मात्र उनले २८ गोल गरिसकेका छन्, अझै सात खेल बाँकी नै छ ।

लिभरपुलका पूर्व कप्तान स्टीभन जेरार्ड पनि मान्छन्, ‘हामी महानताको शुरुवात देख्दै छौँ ।’

अर्जेन्टिनी खेलाडीसँग शालाहको धेरै समानता छ, र, अहिले उनको गोल मेस्सीसँग मिल्न थालेको छ ।

वाटफोर्डविरुद्ध उनलाई गोल गर्न मात्र चार मिनेट लागेको थियो । जसमा उनले वाटफोर्डको डिफेन्सलाई छलाउँदै गोल गरेका थिए । 
यो गोल सन् २०१५ को च्याम्पियन्स लिगको सेमिफाइनलमा मेस्सीले बार्यन म्युनिखविरुद्ध गरेको गोलसँग मिल्दो जुल्दो थियो ।

तर, शालाह सफलताका वावजुद आफ्नो प्रतिभाबारे विनम्र छन् । खेलपछि उनले आफ्नो टोलीलाई धन्यवाद दिए र ह्याभी गार्सियाको टोली विरुद्ध गोल नखानु सबैभन्दा ठूलो कुरा भएको बताए ।

‘अन्य केटाहरु मोसँग खेल्न धेरै रुचाउँछन् र उनी पनि अरुसँग मिलेर खेल्न त्यति नै मनपराउँछन्,’ क्लप भन्छन् ।

यस सिजनका सर्वाधिक गोलकर्ता
 

मोहमद शालाह – ३६
ह्यारी केन – ३५
लियोनेल मेस्सी – ३४
सिरो इमोबाइल – ३४
एडिसन कभानी – ३३
क्रिस्टियानो रोनाल्डो – ३३
रोबर्ट लेवान्डोस्की – ३२
सर्जियो अगुएरो – ३०
नेयमार – २८
स्रोत : अप्टा

हाल २५ वर्षका रहेका शालाहले मेस्सीको सफलतालाई बराबरी गर्न अझै लामो बाटो तय गर्न बाँकी छ ।

सन् २०१५ मा चेल्सीले प्रिमियर लिगको उपाधि जित्दा मात्र ३ खेल खेलेका थिए भने बासेलले सन् २०१२ र २०१४ मा उपाधि जित्ने टोलीका सदस्य थिए ।

कङ्गोविरुद्ध ९५ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै २–१ को जीतसहित उनले इजिप्टिलाई विश्वकपमा छनौट गराए ।

यता, हालसम्म कै महान् बार्सिलोनाको टोलीका सदस्य रहेका मेस्सीले २५ वर्षको उमेरसम्म ६ वटा लिग उपाधि, तीन च्याम्पियन्स लिग र ओलम्पियकमा स्वर्ण पटक जितिसकेका थिए ।

उनी पाँच पटकका बालोन डि’ओर विजेता पनि हुन् ।

रेकर्ड ब्रेकर शालाह

– शालाहले लिभरपुलका लागि सबै प्रतियोगिताहरुमा ३६ गोल गरिसकेका छन् । कुनै पनि लिभरपुलका खेलाडीले डेब्यु सिजनमा गरेको यो सर्वाधिक गोल हो ।

– यो सिजन उनले प्रिमियर लिगमा २८ गोल गरिसकेका छन् । यसमामिला उनीभन्दा अघि एक जनामात्र अफ्रिकन खेलाडी रहेका छन्, डिडिएर ड्रोग्बा (२९) ।

– प्रिमियर लिगमा ह्याट्रिक गर्ने उनी एक मात्र इजिप्सियन खेलाडी हुन् । प्रिमियर लिगमा हालसम्म ४३ देशका खेलाडीले ह्याट्रिक गरेका छन् । जसमा १० अफ्रिकन मूलका रहेका छन् ।

– उनी वाटफोर्डविरुद्ध चार प्रहारमा चार गोल गरे । यसअघि आन्द्रे आर्साभिनले सन् २००९ मा यो उपलब्धि हासिल गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप