बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा १ अर्ब बजेट ल्याउने तयारी

आइतबार, ०४ चैत २०७४, १६ : ५५
आइतबार, ०४ चैत २०७४

सुर्खेत–कर्णाली प्रदेश सरकारले चार महिनाका लागि एक अर्व रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । आगामि असारमा पूर्ण बजेट ल्याउने गृहकार्य थालेको प्रदेश सरकारले अहिले तत्काल ४ महिनाका लागि करिव १ अर्व २ करोड रुपैँयाको बजेट सार्वजनिक गर्न लागेको हो । 
प्रदेश सरकारको कार्य सञ्चालन गर्न ४ महिनाका लागि बजेट ल्याउन लागिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।  केन्द्र सरकारले प्रदेश सरकारका लागि १ अर्व २ करोड रुपेँया विनियोजन गरेको उक्त रकमबाट प्रदेश सरकार सञ्चालन गर्न नीति तथा कार्यक्रम सहित बजेट ल्याउन लागेको हो । 
सो रकमबाट प्रदेशको सम्पूर्ण कार्य सञ्चालनका लागि नीति तथा कार्यक्रमको चाँजोपाचजो मिलाउन लागेको मन्त्रालयले जनाएको छ । अहिले तत्काल गठन भएको प्रदेश सरकार संग आर्थिक स्रोत नभएकाले केन्द्र सकारले नै पठाएको रकमलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाईएको छ । यस आर्थिक वर्ष सकिन लागे पनि अव ४ महिना बाँकी रहँदा सोही ४ महिनाका लागि भए पनि अनिवार्य बजेट ल्याउनु पर्ने भएकाले बजेट ल्याउन लागिएको हो । 
प्रदेश सरकारको पहिलो बजेट असार १ गते नै सार्वजनिक गर्ने गृहकार्य थालिएको छ । १ गते नै बजेट सार्वजनिक गरे पनि यो ४ महिनाको बजेटले असार १५ सम्म काम गर्ने जनाईएको छ । 
प्रदेश सरकारले बजेट सार्वजनिक गर्नका लागि आर्थिक कार्यविधि र ऐन बनाउनु पर्ने प्रावधान रहेको छ । जसका लागि प्रदेश सरकारले चैत भित्रै बजेट ल्याउने भन्दै अहिले कार्यविधि र ऐन बनाउन लागि परेको छ । कर्णाली क्षेत्र ५२ प्रतिशत गरीवीको रेखामुनी रहेकाले यसलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम बनाउन लागिएको मन्त्रालयका सचिव ढुण्डिराज निरौलाले जानकारी दिए ।  
संसद बाट ऐन पारित भए विधेयकका आधारमा आर्थिक मन्त्रालयले विषयगत मन्त्रालयबाट हालसम्मको खर्च विवरण र योजनाको माग गर्ने जनाईएको छ । ऐन र विधेक पारित भए आर्थिक मामिलाले चैत २५ भित्र ४ महिनाको बजेट सार्वजनिक गर्ने मन्त्रालयको भनाई छ । 
पचास स्वास्थ्य संस्था स्थानीय तहमा गाभिए  
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको मातहतमा रहेका स्वास्थ्य संस्थाहरु आईतवारबाट स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 
केहि समय अघिबाटै स्थानीय तहले कामकारवाही गर्दै आए पनि औपचारीक रुपमा आईतवार पालिकाका प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धिरजंग शाहले एक कार्यक्रमका विच स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको भौतिक संरचना, संस्थाको दजनशक्ति लगाएतको सम्पूर्ण विवरण सहित स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । 
जिल्लामा ४७ वटा स्वास्थ्य चौकी र ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । यसअघि वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिसकेको थियो भने अन्य ८ स्थानीय तहलाई आईतवार हस्तान्तरण गरिएको हो ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप